सोचको प्रभावः सफलता र समृद्धिको सूत्र «

सोचको प्रभावः सफलता र समृद्धिको सूत्र

सोचले हामीलाई बनाउँछ पनि र बिगार्न पनि सक्छ । धेरैजसो समय हाम्रो वरपर वा बाहिर के भइरहेको छ त्यो भन्दा पनि हाम्रो भित्र के भैरहेको छ त्यसले महत्वोपूर्ण भूमिका खेल्दछ । हाम्रो सफलता र असफलतामा सबैभन्दा बढी हाम्रो सोचको भूमिका हुन्छ कि जब मानिसलाइ कुनै विचार आउदछ, त्यसको प्रभाब उसको मस्तिष्कदेखि सम्पूर्ण शरीरमा परिरहेको हुन्छ । उसको शारीरिक हाउभाउ देखि उसले गर्ने निर्णय सम्म सोचले प्रभावित गरिरहेको हुन्छ । त्यसैले पनि सोचको उचित ब्यबस्थापन गर्न सक्दा मानिसले जीवनमा सहि अवसर तथा परिणाम प्राप्त गर्न सक्दैन ।
चाहे त्यो सकारात्मक सोच होस् या नकारात्मक, मस्तिस्कमा सोच आउदा त्यसले हामीभित्र भाबना उत्पन्न गरेको हामी महसुस गर्दछौ । जब कुनै भावनालाई शरीरले महसुस गर्दछ, त्यहि अनुसारको शारीरिक गतिबिधि हुन्छ । सोच सकारात्मक छ भने उसको शरीरको हाउभाउ शक्तिशाली, शान्त, खुशी, मुटुको धड्कन स्थिर, अनुहारमा चमक, उत्साहित भएको देखिन्छ भने त्यसको विपरीत सोच नकारात्मक छ भने उसको शरीरको हाउभाउ दुखि, निरास, डराएको जस्तो, हातमा पसिना आएको, स्वासप्रस्वास को गति बढेको, रिसाएको, तनावमा रहेको तथा कुनै कुनै समय बिराम। भए जस्तो देखिन्छ । जसरि हाम्रो वरपर वाताबरणमा इको सिस्टम ले काम गरेको हुन्छ, त्यसरीनै शरीरको प्राकृतिक प्रणाल। पनि सकारात्मकता हो । जसरी वातावरणमा विभिन्न कुराले प्रदुषण गरेको हुन्छ त्यसरीनै हाम्रो शरीर भित्र पनि नकारात्मक सोचले प्रदुषण गर्दछ । जसको परिणाम हामीले हाम्रो स्वास्थ्य र असफलताबाट मूल्य चुकाउनु पर्दछ ।
कोही पनि सफल मानिसलाई हेर्ने हो भने हामीले तुरुन्तै महशुस गर्न सक्छौं कि ति मानिसहरू जीवनमा कति धेरै सकारात्मक तथा आशाबाद। हुन्छन भनेर । मानिसको सफलतामा सोचले सबैभन्दा धेरै प्रभाब पर्ने कुरा विभिन्न किसिमको खोजले पनि प्रमाणित गरिसकेको कुरा हो । सोचको प्रभाव हाम्रो मानसिक तथा शारीरिक क्षमतामा पनि अत्यन्तै जटिल तरिकाले परिरहेको हुन्छ, जसलाई हामी धेरैले बेवास्ता गरिरहेका हुन्छौं । प्रत्येक सोचले हाम्रो मस्तिस्कमा कुनै न कुनै किसिमको रसायनहरू उत्पादन गर्नमा मद्दत गरिरहेको हुन्छ । जब हामी सकारात्मक सोच्छौं, हामी खुसी महसुस गर्दछौं र त्यो सोचले हाम्रो शरीरमा हुने कर्टीजल हर्मोन जसलाई हामी तनावको हर्मोन भनेर पनि चिन्दछौं त्यसलाई कम गर्नको लागि मद्दत गर्दछ । तर यसको विपरीत नकारात्मक सोच बढ्दा तनाव हर्मोन पनि बढ्ने गर्दछ । सकारात्मक सोचले मस्तिस्कमा सेरोटोनिन नामक रसायन उत्पन्न हुन्छ, जसको काम हाम्रो मानसिक सन्तुलनलाई बनाएर राख्ने, हाम्रो शरीरको पाचन प्रक्रियालाई राम्रो बनाउने, निन्द्रा नलाग्ने समस्याबाट निकाल्ने तथा सम्झनने शक्तिको विकास गर्ने हो । नकारात्मक सोचले जहिले पनि हाम्रो मस्तिस्कलाई उच्चतम तथा औसतन क्षयमता काम गर्न बाट रोक्ने गर्दछ । यही कारणले गर्दा हामीले हामीसंग भयको क्षमतको सहि सदुपयोग गर्न सक्दैनौ । यसको साथै नकारात्मक सोचले हाम्रो मस्तिस्कको महत्वपूर्ण भाग सेरेबेलम जसले विभिन्न इन्द्रीयहरूबाट सूचना लिने तथा मानसिक तालमेल गर्ने, समन्वय गर्ने, शरीरको हाउभाउलाइ दुरुस्त राख्ने काम गर्दछ, त्यसको गतिलाई पनि बाधा गर्ने वा ढिलो गर्ने काम गर्दछ । यसको विपरीत सकारात्मक सोचले मस्तिस्कको न्युरोनहरू बीचको सूचना प्रभाह गर्ने क्षमतमा वृद्धि गरी थुप्रै नयाँ न्युरोनहरू बन्नमा पनि मद्दत गर्दछ ।
नकारात्मक सोच आउदा मान्छे बढी समस्यामा केन्द्रित हुन्छ । यसको कारणले मस्तिस्कको नया कोशीका बन्नमा तथा कोसिकाहरू बिचको सूचना सम्प्रेषण हुनमा बाधा पैदा गर्दछ । जसले गर्दा मानिसलाई समस्या पर्दा समाधान खोज्न समय लाग्ने गर्दछ । तर सकारात्मक सोच्ने बानीले मस्तिस्कको उत्पादकता बढाई परिस्थितिलाई बुझ्न सक्ने क्षमतामा वृद्धि गरि मानिसलाई रचनात्मक बन्नमा मद्दत गर्दछ । नकारात्मक सोच बढी आउने मानिसहरूमा केन्द्रित भएर काम गर्ने बानी हुदैन, तर सकारात्मक सोच भएको मानिसले कुनै पनि कुरामा केन्द्रित भएर काम गर्न सक्ने क्षमता राख्दछ । नकारात्मक सोच बढ्दै जाँदा शरीरमा एड्रेनलिन हर्मोन पनि बढ्दै जाने हुन्छ जसले शरीरमा मुटुको धड्कनलाई बढाउने, रगतको दबाबलाई बढाउने काम गर्दछ । सामान्य अबस्थामा यो हर्मोनको बृद्धिले शरीरमा हान। गरिरहेको हुन्छ । जसले गर्दा छिटो छिटो रिस उठ्ने र मान्छे छिटो निरास हुने गर्दछ । तर जब हामी सकारात्मक सोच्छौ, यसले एंडोर्फिन र डोपामीन नामक रसायनको प्रभाह मस्तिस्कमा हुन्छ, जसले मानिसलाई खुसी रहन, उत्साहित हुन, शरीरमा हुने दुखाईहरू कम गर्न, मायाको भावना वृद्धि गर्न, शारीरिक प्रतिरक्षा क्षमता वृद्धि गर्न तथा उत्प्रेरित रहन मद्दत गर्दछ । जसले गर्दा मानिसलाई काममा सफलता मिल्न सहयोग पुग्दछ ।

मस्तिस्कलाई सकारात्मक सोच्न तालिम
जब जब तपाईको मस्तिस्कमा नकारात्मक सोच आउँछ, त्यसको प्रभाब हामी तुरुन्तै शरीरमा महसुस गर्न सक्छौ । हाम्रो शक्ति कम भएजस्तो, निरासा आए जस्तो, शरीर अलि भित्र दबियेजस्तो, शरीरको विभिन्न भागमा दुखाई भएजस्तो महसुस हुन्छ । जब यस्तो अनुभव हुन्छ त्यति बेला सम्झनुस कि तपाईं भित्र नकारात्मक सोचको विकास भइरहेको छ । त्यही समयमा तपाईको सोचलाई परिबर्तन गर्नुस । सकारात्मक तरिकाले परिस्थितिलाई हेर्ने कोसिस गर्नुस । जब तपाईं आफ्नो भित्र आएको नकारात्मक सोचको पहिचान गरी त्यसलाई सकारात्मकतामा परिबर्तन गर्दै जानु हुन्छ, बिस्तारै केहि समय पछि यो प्रक्रिया स्वोचालित रूपमा हँुदै जान्छ । तर सुरुवातमा यस्तो सोचप्रति सचेत हुन सक्ने क्षमता विकास गर्न सक्नु जरुरि हुन्छ । मानिसहरू संग भेटघाट हुदा सकारात्मक तरिकाले प्रस्तुत हुने बानि गर्नुस । धेरै मानिसहरू आफ्नो नभए पनि अरुको नकारात्मक कुरा गरेर समय खर्चिएका हुन्छन, त्यस्तो बानीले नकारात्मकताको विकास मात्रै हुन्छ । सकारात्मक मानिसहरूको आसपासमा बढी समय बिताउनुस् । अपराध सम्बन्धि उपन्यासहरू पढ्नु र हेर्नु भन्दा, सकारात्मक सोच वृद्धि गर्ने लेख हरू तथा किताबहरू अध्ययन गर्ने बनि बसाल्नुस । जब तपाईं आफु भित्र र बाहिरको वातावरणमा परिवर्तन ल्याउनु हुन्छ त्यसले तपाईंमा सकारात्मकताको वृद्धि गर्दछ र त्यो स्थाई पनि हुन्छ । त्यसैले सकारात्मक सोचले तपाईंको जीवन परिवर्तन गर्नमा र चाहेको सफलता मिल्नमा तपाईंलै मद्दत गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्