Logo

४० देखि ५० अर्ब करको दायरा स्थानीय तहमा

पोखरा-अर्थमन्त्री युवराज खतिवडाले देश संघीयतामा गएसँगै यसै आर्थिक वर्षदेखि करिब ४० देखि ५० अर्बको करको दायरा स्थानीय तहलाई पठाइ सकेको बताए ।
पोखरा उद्योग वाणिज्य संघको ३२औं महाधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय तहमा सम्पूर्ण करको अधिकार स्थानीय तहमा दिँदा करिब ४० देखि ५० अर्बसम्मको करको अधिकार सोझै स्थानीय तहमा पठाएको बताए ।
राजस्व बाडफाँडबाट यस वर्षको बजेटमा करिब ११४ अर्ब मूल्य अभिवृद्धि र अन्त शुल्कबाट स्थानीय तहमा पठाएको उनले बताए । यसो हुँदा संघीय सरकारलाई करको करिब २० प्रतिशत भार कम भएको अर्थमन्त्री खतिवडाले बताए । निर्वाचनमा राखेका कुरालाई पूरा गर्न स्थानीय प्रदेश र संघीय सरकारले समन्वय गरी अघि बढ्नु पर्ने बताए । संघीय सरकारले १० खर्ब आन्तरिक स्रोत परिचालन गरी राजस्व र ऋण अनिवार्य दायित्व भएको उनले बताए ।
देशलाई उज्यालो मुलुक बनाउन उज्यालोमा कर दिने र लिने सिस्टम लागू गर्नुपर्ने उनको सुझाव थियो । उनले भने, “उज्यालो वा लाइट भए पनि छामछाम छुमछुम त गर्नै परेन नि, त्यसो भएमा उज्यालोमा कारोबार गर्नु भयो भने कर प्रशासक साथीले पनि
उज्यालोमा कर संकलन गर्नुहोला, कर संकलन गर्दा अँध्यारो कोठा तिर जान भएन,त्यो भएमा हामी सबै उज्यालै उज्यालो मुलुकमा हुन्छौं जसले हामीलाई समृद्धतर्फ लैजान सक्छ ।” अर्थमन्त्री खतिवडाले करको दरभन्दा सरकारले करको दायराबढाउन खोजेको बताए ।व्यावसायिकता विकास भइरहेका क्षेत्रहरू, नगरोन्मुख गाउँ र शहरोन्मुखनगरपालिकाहरूमा सरकारले कर संकलन गर्ने अभियान सुरु गर्न लागेको उनले बताए ।उनले भने, “नगरोन्मुख गाउँ र शहरोन्मुख नगरपालिकाहरूमा हामी कर कार्यालयस्थापना गर्नेछौं, कर सेवा केन्द्र स्थापना गरी केही कर सेवा कार्यालयलाईआन्तरिक राजस्व कार्यालय स्थापना गर्ने त केही ठाउँमा छोटे भन्सार कार्यालयस्थापना गर्नेछौं, छोटे भन्सारलाई मूल भन्सारमा परिर्वतन गर्दैछौं यसोभएमा करको दायरा बढ्ने छ ।” कर तिर्नुपर्ने वा आर्थिक क्रियाकलाप भएकास्थानबाट करको दायरामा ल्याउने सरकारको योजना भएको बताउँदै अर्थमन्त्रीखतिवडाले यदि कर तिर्नुपर्नेले कर नतिरे राज्य कडा रूपमा प्रस्तुत भई एकरुपैयाँ पनि कर छुट नगरी अशुल्ने दाबी गरे । उनले भने, “तिर्नु पर्ने करराज्यले एक रुपैयाँ पनि छाड्दैन र तिनुपर्नेमा एक रुपैयाँ पनि दिन कुनैकन्जुस्याइँ गर्दैन, मदिराजन्य, इलेक्ट्रोनिकजन्य जतिसुकै कारोबार भए पनिउनीहरू सोझै मूल्य अभिवृद्धि करमा आउनु पर्छ ।” स्वदेशमा ठूलो लगानीभित्रयाउन निजी क्षेत्रको सहकार्य आवश्यक भएको उनले बताए ।यसैबीच, इण्डोनेसियामा हालै सम्पन्न भएको १८औं एसियाली खेलकुदमा रजत
पदक जित्ने नेपाली प्याराग्लाइडिङ खेलाडीलाई सम्मान गरिएको छ । अर्थमन्त्रीयुवराज खतिवडा, संघका अध्यक्ष विश्वशंकर पालिखेलगायतले खेलाडीलाई सम्मान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्