युनियन लाइफ इन्स्योरेन्सको वार्षिकोत्सव «

युनियन लाइफ इन्स्योरेन्सको वार्षिकोत्सव

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियमनकारी निकाय बिमा समितिबाट स्वीकृति प्राप्त गरी कारोबार सञ्चालन गरेको एक वर्ष पूरा भएको जनाएको छ । कम्पनीले सफलतापूर्वक एक वर्ष पूरा गरेको यो सुखद अवसरमा शुक्रबार हामी कम्पनीको प्रथम वार्षिकोत्सव मनाउन गइरहेका छौं । यस अवसरमा कम्पनीलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्ण संस्थापक, सञ्चालक, नियमनकारी निकाय बिमा समिति, कर्मचारीहरु, अभिकर्ताहरु, बिमितहरु, सञ्चारकर्मी मित्रहरुलगायत सबै सरोकारवाला कार्यालयहरु तथा शुभेच्छुकहरु प्रतिआभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दै गत आव ०७४।७५ मा कम्पनीले ८६ करोड ५० लाख प्रथम बिमाशुल्क संकलन गरेको तथा आव २०७५।७६ को साउन र भदौ महिनामा करिब २२ करोड प्रथम बिमाशुल्क संकलन गरेको पनि जनाएको छ । हालसम्म कम्पनीले जारी गरेको बिमालेख संख्या करिब ८२ हजारभन्दा बढिरहेको छ । कम्पनीले गत वर्षको बिमा व्यवसायबाट १० करोड ७७ लाख मुनाफा गर्न सफल भएको छ । आव ०७४।७५ मा कम्पनीको जीवन बिमा कोष ३७.३० करोड रुपैयाँ रहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्