सन नेपाल लाइफको प्रथम वार्षिकोत्सव

सामाजिक सेवा दिवस ०७४ असोज ६ गतेबाट कारोबार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो कार्यकालको प्रथम वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । कम्पनीले स्थापनाको १ वर्षको अवधिमा नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म २० वटा शाखा र २२ वटा उपशाखा कार्यालयहरूको स्थापना गरी देशको अधिकांश जिल्लाहरूमा अभिकर्ता तालिम र बिमालेख बिक्री तथा बिमा जनजागरण कार्यक्रम माध्यमबाट कारोबार विस्तार गर्न सफल भएको दाबी गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार सुरु गरेको ९ महिनाभित्र ०७५ असार मसान्तसम्ममा वैदेशिक रोजगार बिमा बाहेक बिभिन्न ११ प्रकारका बिमा योजनाहरूमा ९८२१ पोलिसी बिक्री गरी कुल २९ करोड ६९ लाख ७५ हजार ६ सय ६५ रुपैयाँ प्रिमियम संलकन गरेको छ भने यस कम्पनीले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्ब पु¥याउन ६० करोड मूल्यकोे साधारण सेयर सर्वसाधारणमा बिक्रीका लागि ल्याउँदै गरेको पनि जनाएको छ ।