सानिमा जनरल इन्स्योरेन्स नारायणगढमा «

सानिमा जनरल इन्स्योरेन्स नारायणगढमा

सानिमा जनरल इन्स्योरेन्सको शुक्रबार नारायणगढमा शाखा कार्यालयको विधिवत् उद्घाटन कम्पनीका सञ्चालक खेमराज लामिछाने, निमित्त कार्यकारी प्रमुख सुबोधलाल श्रेष्ठ तथा बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थितिमा बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गरे । यस कम्पनीले आव ०७५/०७६ सम्ममा नेपाल अधिराज्यभर २० वटा शाखा कार्यालयहरू खोल्ने लक्ष्य लिएको जनाएको छ । कम्पनीले सबै प्रकारका निर्जीवन बिमाहरू जस्तैः मोटर, घर, कलकारखाना, जलविद्युत्, कृषि तथा पशुबिमा र लघुबिमामार्फत देशभर बिमाको पहुँच नपुगेका क्षेत्रहरूमा समेत बिमाको सर्वसुलभ पहुँच पुराउने उद्देश्यका साथ यस शाखा कार्यालयको स्थापना गरेको छ । कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । आगामी आर्थिक वर्षभित्र ३० करोड रुपैयाँबराबरको सेयर सर्वसाधारणका लागि जारी गरी चुक्ता १ अर्ब रुपैयाँ पुराउने लक्ष्य राखेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्