आईएमईको दसैंमा २० लाख योजना सार्वजनिक «

आईएमईको दसैंमा २० लाख योजना सार्वजनिक

 आईएमईले ०७५ सालमा मनाइने पर्वहरू दसैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रम ‘दसैंमा २० लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना ०७५ साल असोज ७ गतेदेखि सुरु भई मंगसिर मसान्तसम्म लागू हुनेछ भन्दै कम्पनीले योजना अवधिमा विदेश तथा स्वदेशबाट आईएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्ने जनाएको छ ।
आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमुखी र व्यावसायिक साझेदारमुखी योजना सार्वजनिक गर्दै आइरहेको आईएमईले यसपालिका पर्वहरूमा देश–विदेशमा रहनुभएका लाखौं सेवाग्राहीहरूलाई लक्षित गरी यो प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको हो । योजना अवधिभर गरिएको ट्रान्जेक्सनलाई आईएमईको सफ्टवेयर पद्धतिमा लिङ्क गरी ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरूमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाई ‘आइएमई पे’ मार्फत १ हजार रुपैयाँको बिलभुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई १० हजार रुपैयाँ, हरेक महिना १ जनाभाग्यशाली सेवाग्राहीलाई १ लाख रुपैयाँ नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई २० लाख रुपैयाँ नगद प्रदान गरिनेछ । नेपाली समुदायमा मनाइने विभिन्न सांस्कृतिक पर्वहरूमा आफ्ना लाखौं सेवाग्राहीहरूको भावनालाई मध्यनजर गर्दै यस्ता प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने परम्परा आईएमईले आफ्नो स्थापनाकालदेखि नै गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्