सिटी एक्सप्रेस मनी ट्रान्सफर र सिगे मनी ट्रान्सफरबीच सम्झौता «

सिटी एक्सप्रेस मनी ट्रान्सफर र सिगे मनी ट्रान्सफरबीच सम्झौता

अमेरिकाको १५ हजारभन्दा बढी एजेन्ट (आउटलेट) र विश्वभरि १ सय ३० भन्दा बढी देशमा आफ्नै छुट्टै सञ्जाल भएको सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनीे ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ । यो सेवा सुरु भएपछि अमेरिकामा रहेको कुनै पनि नेपालीहरूले जुनसुकै स्टेटबाट सिगे मनी ट्रान्सफरमार्फत नेपालको कुनै पनि बैंक खातामा रकम जम्मा गर्न वा नगद पैसा पठाउन सकिने जानकारी सिगे मनी ट्रान्सफरका चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले दिएका छन् ।
यो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेसका प्रबन्धनिर्देशक चन्द्र टण्डनले र सिगे मनी ट्रान्सफरबाट चिफअपरेटिङ अफिसर जोसेफ क्याचेले हस्ताक्षर गरेका थिए । सिगेका चिफ अपरेटिङ अफिसर जोसेफ क्याचेले सिटी एक्सप्रेससँग रेमिटान्स सम्झौता भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा पनि सिटी एक्सप्रेससँग नयाँप्रविधिमार्फत सहकार्य गर्दै जाने बताए । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउँदै विगत १२ वर्षदेखि विदेशबाट पठाएको रकम आफ्ना ६ हजारभन्दा बढी नेपालका एजेन्टहरूमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्