यस्ता हुनेछन् २०१८ का ‘टेक ट्रेन्ड’ «

यस्ता हुनेछन् २०१८ का ‘टेक ट्रेन्ड’

प्रविधि क्षेत्रमा अपनाइने रणनीतिक प्रवृत्तिहरू (ट्रेन्ड) बारे चर्चा एवं पूर्वानुमान वर्षको अन्त्यतिर हुनु स्वाभाविक हो । यस विषयमा विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार विश्लेषणहरू बाहिर ल्याएका छन् । प्रविधिमा फड्को मारिरहेको विश्वको मुलुकको हिसाबले नेपालमा पनि सन् २०१७ मा धेरै नयाँ प्रविधि भित्रिए । कतिपयको जानकारीमात्र पनि निकै महत्वपूर्ण छ, जुन प्रविधिहरूको परिचय यो वर्ष गराइयो । सन् २०१८ मा यी ट्रेन्डले मूर्तरुप लिने पनि छन् ।
अनुसन्धानमूलक साइट गार्टनरले प्रायःजसो यस्ता विषयमा सेमिनारको आयोजना गर्ने गरेको छ । यस विषयमा केन्द्रीत रहेर गार्टनरले सन् २०१७ को समिक्षासहित आगामी नयाँ वर्ष सन् २०१८ का बारेमा एक सेमिनारको आयोजना गरेको थियो । सो सेमिनारमा सन् २०१८ मा प्रविधि क्षेत्रका खेलाडीहरूले अपनाउने रणनीतिका क्षेत्रहरूमा कृत्रिम बौद्धिकता (आर्टिफिसल इन्टेलिजेन्स) त्रिआयामिक अनुभव (इमर्सिभ एक्सपिरियन्सेज)र डिजिटल बिजनेससँग सम्बन्धित विषयहरू रहने चर्चा परिचर्चा गरिएको थियो । मुख्य रुपमा यिनै चर्चाका विषय नै आगामी वर्षका थप चर्चा र अनुसन्धान हुने विषय पनि हुन् ।
सन् २०१८ को सम्भावित प्रविधि ट्रेन्डहरूमा चालकविहीन (सेल्फ ड्राइभिङ कार) कारबारे विषय चर्चा परिचर्चा गरेको पाइयो । यस्ता कारहरूको डिजाइन गर्ने डिजाइनरहरूका लागि सडकमा ती कारहरूलाई कसरी सुरक्षित सुरक्षित साथ गुडाइने मुख्य विषय रहनेछ । यद्यपि यसका अभ्यासहरू यो वर्ष पनि भइ नै रहेका छन् । माछाको हुलहरूमा देखिने प्रवृत्तिको अध्ययनका आधारमा सडकमा गुड्ने सेल्फ ड्राइभिङ कारका बारेमा रणनीति अपनाउनुपर्ने हुन्छ । माछाका हुलमा सहभागी माछाहरूले गर्ने प्रतिस्पर्धा जस्तै सडकमा गुड्ने कारहरूमा हुन सक्छ । सेल्फड्राइभिङ कारहरूलाई अगाडि जानुपर्ने हुन्छ । यसका लागि कस्ता प्राविधिक रणनीति अपनाइने विषय डिजाइनरहरूका लागि मुख्य ध्यान दिने विषय आगामी वर्षमा हुनेछन् ।
हालैमात्र यस विषयमा होन्डाले जानकारी सार्वजनिक गर्यो । सडकमा गुड्ने वरिपरिका कारहरूसँग सम्पर्क स्थापित गर्नुपर्ने हुन्छ । त्यो सम्पर्क स्थापित भइसकेपछि गाडीलाई पन्छाउन प्रयोग गरिने प्राविधिक संकेतको जानकारी र उपयोगबारे गर्नुपर्ने अध्ययनका विषय सन् २०१८ मा देखिने ट्रेन्ड हुन् । यसले सडकमा गुडने सेल्फड्राइभिङ कारले हुन सक्ने सबै दुर्घटनाको आंकलन गरी अगाडि बढ्ने गर्छ । साथै सम्पूर्ण रूपमा मानिसले चलाउने गाडीको विस्थापन नभएसम्म मानिसले चलाउने गाडीको संकेत र तिनका व्यवहारबारे जानकारी आवश्यक हुनेछ । मानिसले चलाउने गाडीबाट पनि जोगिनुपर्ने कार्य सेल्फड्राइभिङ वाहनका लागि आवश्यक हुनेछ ।
यस्ता सेल्फड्राइभिङ वाहनहरूले अपनाउने रणनीतिका विषय भनेको क्रृतिम बौद्धिकतासँग सम्बन्धित विषय हुन् । प्रविधिको क्षेत्रमा डिजिटल प्रविधि पनि आगामी वर्षको ट्रेन्डमा पर्नेछ । प्रविधि क्षेत्रका खेलाडीहरूले व्यावसायिक प्रतिष्ठानहरूको ध्यानाकर्षण गर्नेछ । डिजिटल बिजनेसको विकास गरी यसका साझेदार र ग्राहकहरूलाई सेवा उपलब्ध गराउने ट्रेन्डको विस्तार र विकास हुनेछ । सेमिनारको सम्बोधन गर्दै गार्टनरका उपाध्यक्ष डेभिड सियरलीले डिजिटल बिजनेसको निरन्तरता पनि आगामी वर्षको ट्रेन्ड हुने बताए । फ्लोरिडाको ओर्लान्डोमा आयोजित गार्टनरको सो सेमिनारमा उनले भने, “डिजिटल व्यवसायमा आधारित व्यवसायको भविष्य छ ।”
कृत्रिम बौद्धिकता (आर्टिफिसल इन्टेलिजेन्स), डिजिटल बिजनेस र यी सबैको संयुक्त जाल बनाइने उपलब्ध गराइने प्रविधिको ट्रेन्डलाई बौद्धिक डिजिटलको जालोले बुझिन्छ । यसलाई प्रविधि क्षेत्रका खेलाडीहरूले द इन्टेलिजेन्ट डिजिटल मेस भनि सम्बोधन गर्ने गर्छन् । आगामी वर्षका सम्भावित विशेष टेक ट्रन्डलाई यसरी हेर्न सकिन्छ ।

बौद्धिकता ( इन्टेलिजेन्ट) ट्रेन्ड
यसमा पहिलो ट्रेन्ड एआई फाउन्डेसन हो । यसका लागि एआई प्रविधिको आधार तय गरिने विषय पर्छ । निर्णय प्रक्रिया, व्यवसायको मोडलको नयाँ विकास एवं पर्यावरण र ग्राहकको अनुभवलाई पुनर्निर्माण गर्न एआईको प्रयोग गर्ने गरिन्छ । यो कार्यबाट सन् २०२५ सम्म डिजिटल प्रविधिलाई प्रेरणादायी बनाउने लक्ष्य लिइएको छ ।
गार्टनरको नयाँ सर्वेक्षणअनुसार ५९ प्रतिशत संगठनहरूले एआई रणनीति तयार गर्न सूचना संकलन गरिरहेका छन् । बाँकी संगठनहरूले यसका लागि परीक्षण कार्य गरिरहेका छन् । व्यावसायिक प्रतिष्ठानले भुक्तानी गर्ने कार्य गर्छन् । यसलाई एआईको सही उपयोग गरी डिजिटल भुक्तानीको प्रणालीको विकास गर्ने कार्य भइरहेको छ । यसमा थप विकास गर्ने ट्रेन्ड रहनेछ । यो प्रविधिले मानवले गर्ने भन्दा धेरै र तीव्रगतिमा गर्नेछ ।
यसैगरी एआईको क्षेत्रमा न्यारो एआईको विकास भइरहेको छ । यसमा भाषाको बुझाइ मेसिनले ग्रहण गर्छ । मेसिनले भाषा सिकेपछि यसले वाहनलाई नियन्त्रण गर्नेजस्ता कार्य सफलतापूर्वक पूरा गर्न सहयोग गर्छ । यसको प्रयोग अहिले व्यवसायका विभिन्न गतिविधिलाई परिणामसम्म पुर्याउन प्रयोग गर्ने गरिएको छ । यो ट्रेन्ड सन् २०१८ मा निरन्तरता पाउने गार्टनरको भनाइ छ ।
केही वर्षभित्र प्रविधि क्षेत्रका हरेक एप, एप्लिकेसन र सेवाहरूलाई एआईमा जडान गरिनेछ । यसले समग्रतामा प्रविधि क्षेत्रलाई नयाँ उचाइ दिनेछ । मानिस र प्रणालीबीचका विभिन्न अन्तिरक्रियालाई पूरा गर्नुपर्ने हुन्छ । यसका लागि यसले पुलको काम गरी नयाँ बौद्धिक अन्तरक्रिया गराउन इन्टेलिजेन्ट एपको सिर्जना हुने ट्रेन्ड रहनेछ ।

बौद्धिक चीजहरू (इन्टेलिजेन्ट थिंग्स) ट्रेन्ड
इन्टेलिजेन्ट थिंग्सले एआई र मेसिन लर्निङको प्रयोग मानिस र मानिस वरिपरि वस्तुहरूसँग अझ बढी बौद्धिक तरिकाले अन्तरक्रिया गर्न सक्छ । केही बौद्धिक चीजहरू कृत्रिम बौद्धिकता बिना अस्तित्वमा हुन सक्ने छैनन् । तर क्यामराजस्ता चीजहरूको अस्तित्वमा रहेका वस्तुहरू छन् । यस्ता अस्तित्वमा रहेका चीजहरू पनि एआईबाट निर्मित भई स्मार्ट क्यामराको रूपमा हुन्छन् । यी चीजहरू अर्धस्वचालन (सेमिअटोनोमस) वा स्वचालन (अटोनोमस)रूपमा हुन्छन् । उदाहरणका लागि स्वचालित भ्याकुम वा स्वचालित कृषि वाहनहरू हुन् । प्रविधि क्षेत्रको विकासमा एआई र मेसिन लर्निङको प्रयोगबाट स्वास्थ्य क्षेत्रका उपकरण तथा कृषि बाली भित्र्याउने स्वचालित रोबोटहरूको विकास हुनेछन् ।

डिजिटल ट्रेन्डहरू
डिजिटल ट्विन्सले वास्तविक विश्वका प्रतिष्ठान वा प्रणालीलाई प्रतिनिधित्व गर्छ । इन्टेलिजेन्ट थिंग्सको सन्दर्भमा डिजिटल ट्विन्सलाई वास्तविक विश्वका राज्यहरूलाई सूचना उपलब्ध गराउँछ । साथै यसक्षेत्रका परिवर्तन र कार्यसञ्चालनलाई सहयोग गर्छ । यसका लागि सन् २०२० सम्म २१ अर्ब सेन्सरहरू जोडिनेछन् । अर्बौं चिजहरूसँग डिजिटल ट्विन्स निकट भविष्यमा जोडिनेछन् । यसबाट अर्बौं अमेरिकी डलरको बचत हुने अपेक्षा गरिएको छ । अल्पकालमा डिजिटल ट्विन्सले सम्पत्ति व्यवस्थापनको क्षेत्रमा सहयोग पुर्याउँछ । यसका साथै वस्तुको उत्पादन र वस्तुको परिमार्जन गर्न यसले सहयोग गर्छ । दीर्घकालमा यसले सहर योजनाकार, बजार व्यवस्थापक, स्वास्थ्य हेरचाहमा क्रियाशील व्यक्तिहरू र उद्योग योजनाकारलाई सहयोग उपलब्ध गराउँछ ।

क्लाउड टु द एज
एज कम्प्युटिङले कम्प्युटिङ टोपलजीको व्याख्या गर्छ । यसअन्तर्गत सूचना प्रशोधन र विषयवस्तुको संकलन एवं त्यसको वितरण हुन्छ । उद्यमी व्यवसायीहरूले यसको उपयोग आफ्नो उद्योग व्यवसायको पूर्वाधार संरचनाको रेखांकन गर्नका लागि गर्न सक्छन् । क्लाउड त्यो प्रविधि प्रणाली हो, जसले सेवाहरूलाई इन्टरनेट प्रविधिको माध्यमबाट वितरण गर्छ । तर यसले केन्द्रीकृत वा विकेन्द्रीकृत वितरण प्रणाली सेवालाई बाध्य पार्दैन । जब यी दुवै मिलेर कार्य गर्छन्, त्यतिखेर सम्पर्कमा नरेहका क्लाउड सेवालाई क्रियाशील बनाउन सहयोग गर्छ ।
अर्को प्रवृति भनेको कन्भर्सेसनल प्लेटफर्म हो । यसले अनुवादको भारीलाई बिसाउने कार्यमा युगान्तकारी परिवर्तन ल्याउँछ । यी प्लेटफर्महरूले जटिल भन्दा जटिल कार्यको विकास गर्न निरन्तरता प्रदान गर्छ । डिजिटलअन्तर्गतको अर्को प्रवृत्ति भनेको इमर्सिभ एक्सपिरियन्स हो । अगमेन्टेड रियालिटि (एआर) र भर्चुअल रियालिटि (भीआर) तथा मिश्रित रियालिटिले डिजिटल संसारसँग अन्तरक्रिया गर्ने बाटोलाई परिवर्तन गरिरहेका छन् ।
आगामी पाँच वर्षमा मिक्स्ड रियालिटिमा ध्यान केन्द्रित गरिनेछ । जसलाई इमर्सिभ एक्सपिरियन्सको रूपमा बुझिन्छ । मिश्रित रियालिटि विभिन्न उपकरणहरूमा देखिन थालिएको छ । स्मार्टफोन र ट्याब्लेटजस्ता उपकरणहरूमा पनि यसको उपस्थिति रहेको छ । एप्पलले ल्याएको एआर किट र आइफोन एक्स, गुगलको ट्यांगो र एआरकोर र विकि टुडजस्ताबीचको प्रतिस्पर्धा सन् २०१८मा हुने देखिएको छ ।

मेस ट्रेन्ड
यो ब्लकचेन ट्रेन्डको सम्बन्ध विभिन्न किसिमको एकाउन्टका सन्दर्भमा हो । यसले व्यवसायका विषयलाई स्वतन्त्र रूपमा सञ्चालन गर्न सहयोग गर्छ । यसले अविश्वासी साझेदारहरूसँगको व्यापारिक लेनदेनको बारेमा सल्लाह सुझाव दिएर कार्य गर्न सघाउँछ । यो प्रविधिले सरकारका सम्भावित गतिविधिलाई सहयोग गर्छ । सरकारको स्वास्थ्य हेरचाह, वितरण प्रणाली, आपूर्ति शृंखलाजस्ता विषयमा यसले सहयोग गर्छ । तर, अहिलेसम्म ब्लकचेन प्रविधिको अवस्था परिपक्व एवं अप्रमाणिक रहेको छ ।
मेसअन्तर्गत अर्को प्रवृत्ति इभेन्ट ड्राइभन हो । व्यसायसम्बन्धी गतिविधिले खरिद आदेश जस्ता विषयको पहिचान गर्ने गर्छ । यसअन्तर्गत विभिन्न किसिमका खरिद आदेशहरू विभिन्न व्यावसायिक साझेदारहरूबाट हुने गर्छ । एआई र इन्टेलिजेन्ट थिंग्सले यस्ता विषयका विवरणहरूलाई धेरै कम समयमा वर्गीकृत गरी पहिचान गर्न सहयोग पुर्याउँछ । उद्यमी व्यवसायीहरूले यस्ता विषयलाई सहज गर्न डिजिटल विजनेस स्ट्राटेजी अपनाउनेछन् । सन् २०२० सम्म यस्ता कार्यकालका लागि डिजिटल बिजेनसको समाधान उपलब्ध गराउँछ ।
मेसअन्तर्गत कन्टिन्युअस अडेप्टिभ रिस्क एन्ड ट्रस्ट नामक प्रवृत्ति हो । डिजिटल बिजनेसले जटिल सुरक्षित वातावरण सिर्जना गर्छ । कन्टिन्युस अडप्टिभ रिस्क एन्ड ट्रस्ट असेसमेन्ट (सीआरटीए)ले वास्तविक समयमा जोखिम र विश्वासमा आधारित जोखिमबारे निर्णय गरी डिजिटल बिजनेसलाई सुरक्षा प्रदान गर्छ । यस कारण सीएआरटीलाई वास्तविक बनाउने कार्यमा ध्यान दिइनेछ ।
(एजेन्सीको सहयोगमा)

द इन्टेलिजेन्ट, डिजिटल र मेस ट्रेन्ड
मानिस तथा मानिस वरिपरि हुने गतिविधिलाई जोड्नका लागि यस्ता प्रविधिको ट्रेन्ड सन् २०१८को ट्रेन्ड हो । गार्टनरका अनुसार प्राविधिक डिभाइसहरूले मानिसले गर्ने विभिन्न किसिमको सेवालाई मानिससँग जोड्नेछ । यसरी मानिस र यसका गतिविधिलाई जोड्ने कार्यलाई डिजिटल बिजनेसको रूपमा बुझिन्छ । यसले व्यावसायिक प्रतिष्ठानलाई सहयोग उपलब्ध गराउनेछ । मानिसको बौद्धिकतालाई मेसिनले सिक्न थालेको छ । यसलाई प्रविधिको क्षेत्रमा इन्टेलिजेन्ट भनेर बुझिन्छ ।
इन्टेलिजेन्ट
कृत्रिम बौद्धिकता (एआई)को प्रवाह हरेक प्रविधिमा भइरहेको छ । यसले स्वचालन प्रणालीलाई बढी गतिशील बनाइरहेको छ ।
डिजिटल
अवास्तविक र वास्तविक संसार (भर्चुअल र रियल वल्र्ड) लाई जोडेर विकास गरिने प्रविधिलाई इम्पर्सिभ एक्सपिरियन्सको रूपमा बुझिन्छ । मानिसले त्रिआयामिक दृश्यको अनुभव गर्न पाओस् भनेर डिजिटल प्रविधिलाई थप समृद्ध बनाउने प्रयास गरिँदैछ ।
मेस  ट्रेन्ड
मानिस, व्यवसाय, उपकरण, वस्तु एवं सेवाहरूको विस्तारलाई जोडेर डिजिटल प्रतिफल उपलब्ध गराउने जालोलाई मेसको रूपमा बुझिन्छ ।

धर्मेन्द्र कर्ण

 

प्रतिक्रिया दिनुहोस्