अजोड इन्स्योरेन्स र ब्लूक्रस हस्पिटलबीच सम्झौता «

अजोड इन्स्योरेन्स र ब्लूक्रस हस्पिटलबीच सम्झौता

 अजोड इन्स्योरेन्स लिमिटेड र ब्लुक्रस हस्पिटलबीच औषधोपचार बिमाका लागि मंगलबार नगदरहित (क्यासलेस) बिमा सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा ब्लुक्रस हस्पिटलको तर्फबाट एक्ज्युकेटिभ मेम्बर कमिटीका सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुसार अजोड इन्स्योरेन्सबाट औषधोपचार बिमा गराउने ग्राहकहरूले बिरामी भई ब्लुक्रस हस्पिटलमा औषधोपचार गराउँदा बिमालेखको सीमासम्म छिटोछरितो र सरल तथा व्यवस्थित रूपमा नगदरहित बिमा सुबिधापाउन सक्ने जानकारी कम्पनीका सहायकमहा–प्रबन्धक अनिल अर्यालले जानकारी दिए । असार २१गतेबाट बिमा कारोबार सुरु गरेको अजोड इन्स्योरेन्स प्रविधिमा आधारित बिमा सेवा प्राथमिकता दिएको छ । त्यसै क्रममा उक्त हस्पिटलबीच नगदरहित सेवा उपलब्ध गराएको हो । यो कार्य क्रमिक रूपमा देशैभरका प्रमुख सहरहरूमा रहेका हस्पिटलहरूमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्