टोयोटाको नाडा अफरको विजेता घोषणा «

टोयोटाको नाडा अफरको विजेता घोषणा

टोयोटाका लागि नेपालका आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले नाडा अटो शोमा ल्याएको स्पेशल अफरका विजेता घोषणा गरेको छ । उक्त अफरमा सहभागीहरू मध्येबाट कम्पनीले १० विजेताको नाम सार्वजनिक गरेको छ ।
काठमाडौंको भृकुटीमण्डमा सम्पन्न नाडा अटो शोमा सहभागी भएर टोयोटाका गाडी किन्ने मध्येबाट टोयोटाले लक्की ड्रमार्फत विजेता छनोट गरेको हो । लक्की ड्रको विजेताहरूमा बाली भ्रमणको अवसर पाएका छन् । बाली भ्रमणको अवसर पाउनेहरूमा सुष्मा सिला घिसिङ, राजु महर्जन, क्वेस्ट इन्ट्रा (सुमित शाह), मञ्जु खाँड र जिसी कन्ट्रक्सन छन् ।
पोखरा टुरको विजेताहरूमा मुकेशकुमार यादव, मुना खनाल र विमलमणि भण्डारी छन् । त्यसैगरी माउन्टेन फ्लाइटको विजेतामा पंकजकुमार शाह र जितेन्द्र जीसी रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्