३ वर्षभित्र अमेजनले ‘क्यासियरलेस’ पसल खोल्ने «

३ वर्षभित्र अमेजनले ‘क्यासियरलेस’ पसल खोल्ने

प्रविधि क्षेत्रको अनलाइन खुद्रा व्यापारको कम्पनी अमेजनले आगामी ३ वर्षभित्र क्यासियरबिना ३ हजार पसल खोल्ने भएको छ । उसले सन् २०२१ सम्ममा ३ हजार कम्पनी खोल्ने भएको अमेजन निकट स्रोतले जनाएको छ ।
चार ठाउँमा अमेजनका गो स्टोर सञ्चालनमा रहेका छन् । यो वर्षको अन्त्यसम्म यो बढेर १० स्थानमा खोलिनेछ । सन् २०१९ सम्म यो संख्या ५० पु-याइने लक्ष्य रहेको ब्लुमबर्गले जनाएका छन् । अमेजनको इ–कमर्स व्यवसाय द्रुत गतिमा बढिरहेको छ । अमेजनको क्लाउड कम्प्युटिङ र विज्ञापनको क्षेत्रमा पनि बलियो पकड रहेको छ । गुगल र फेसबुकको विज्ञापन व्यवसायको नजिक अमेजन पुग्न लागेको छ ।
दुई वर्षअघि अमेजनले क्यासियरविहीन स्टोर सियाटलमा खोल्यो । त्यसपछि सियाटलमा थप दुई र सिकागोमा यस्तो पसल एउटा खोल्यो । अमेजनका लागि यस्ता पसलको विस्तार गर्न यसका डिजाइन र हार्डवेयर खर्च मुख्य चुनौती रहेको छ । सियाटलमा खोलिएको पहिलो पसलको हार्डवेयर खर्च १० लाख अमेरिकी डलर भएको थियो । अमेजनले यो खर्च घटाउन तयारी खानेकुराको बिक्री गर्ने योजना बनाइरहेको छ । स्यान्डविच, सुपजस्ता खानेकुराको बिक्रीबारे योजना बनाइरहेको छ । ३ हजार अमेजन गो स्टोर खोलेपछि अमेरिकाको ठूला चेन चलाउने कम्पनी मध्ये एक हुन पुग्छ ।
अमेजनले आफ्नो पसल धनी युवाहरूको बसोबास भएको सहरी इलाकामा खोल्ने योजना बनाइरहेको छ । धनीहरूको बस्तीमा अमेजनको वस्तुहरूको गुणस्तरीय भोजनको मूल्य फास्ट फुड चेनको भन्दा बढी दिन सक्ने इच्छुक ग्राहक हुन सक्ने कम्पनीको अपेक्षा छ ।
एउटै सहरमा धेरै पसलहरू खोल्दा लागत खर्च घट्न सक्ने अनुमान गरिएको छ । एउटै सहरमा धेरै पसल भए त्यहाँ खाना उत्पादन गृह केन्द्रिकृत हुन सक्ने र यसले लागत खर्च घटाउने सक्ने अमेजनको योजना छ ।
अमेजनले यसबारे कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ । अमेजनका प्रवक्ताले सीएनबीसीलाई यस्ता हल्लाका बारेमा हामी प्रतिक्रिया दिँदैनौ भने ।
इन्टरनेट व्यवसायको अनुसन्धान गर्ने कम्पनी इमार्केटरले यो वर्षको अन्त्यसम्म अमेरिकाको डिजिटल विज्ञानको ४ प्रतिशत भन्दा बढी हिस्सा ओगट्ने जनाएको छ । यो रकम ४.६१ अर्ब अमेरिकी डलर बराबरको आम्दानी हो । यसअघि यो आम्दानी २.८९ अर्ब अमेरिकी डलर बराबर हुने अनुमान गरिएको थियो ।
यो बजारमा गुगल र फेसबुकको हैसियत राम्रो छ । यति हुँदाहँदै अमेजनको स्थिति तेस्रो हुने अपेक्षा गरिएको छ । यो बजारमा गुगलको हिस्सा ३७ प्रतिशत रहेको छ भने फेसबुकको हिस्सा डिजिटल विज्ञापनको बजारमा २०.५ प्रतिशत रहेको छ । अमेजनको डिजिटल विज्ञापनमा हिस्सा बढ्नुको कारण व्यक्तिहरूले सामानको खोजी गर्न अमेजनलाई डाइरेक्ट क्लिक गर्ने बानी रहेको छ । गुगलको सर्च इन्जिन भएर नभइ अमेजनकोमा सीधै सम्पर्क गर्ने गरेकाले अमेजनको हिस्सा बढेको जनाइएको छ । इमार्केटरका अनुसार सन् २०१७ देखि यता अमेजनको विज्ञापन व्यवसाय २४२ प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्