बहुउद्देश्यीय भवन निर्माण हुँदै «

बहुउद्देश्यीय भवन निर्माण हुँदै

दाङ-जिल्लामा सभागृह नहुदा यस क्षेत्रमा ठूला कार्यक्रमसमेत हुन सकेका छैनन् । सभाहलभित्र आयोजना गरिने ठूला कार्यक्रम गर्नुपर्दा जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको उद्योग वाणिज्य संघले बहुउद्देश्यीय भवन निर्माणकार्य सुरु गरेको छ ।
सभाहल निर्माणपछि जिल्लाको विकासमा समेत टेवा पुग्ने संघले जनाएको छ । घोराही उपमहानगरपालिका–१४ मा निर्माण भइरहेको बहुद्देश्य सभागृह भवन निर्माणकार्य तीव्र रूपमा अगाडि बढेको छ ।
जिल्लामा रहेका खोलामा पुल निर्माणकार्य ढिलाइ भइरहे पनि सभागृहको निर्माणकार्यले भने गति लिएको छ । सभाहलको हालसम्म ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीका प्रोजेक्टर म्यानेजर विनोद ज्ञवालीले जानकारी दिए । उनकाअनुसार हालसम्म तल्लो तलाको ढलाइ सम्पन्न भएको छ भने माथिल्लो तलाको ढलान पनि सुरु भएको छ । माथिल्लो तलाको ढलाइ १÷२ दिनमा सकिने उनको भनाइ छ । बहुउद्देश्य सभागृह निर्माणका लागि २६ करोड ७७ लाख १८ हजार ९ सय ३ रुपैयाँ लगानीमा निर्माण हुने दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसालले बताए । सरकारले सहरी विकास भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत बहुउद्देश्य सभागृह निर्माण गर्ने थालेको हो । सभागृह निर्माणको जिम्मेवारी बंगलामुखी गौरी–पार्वती जेभी ललितपुरले पाएको छ । बहुउद्देश्य सभागृह ३ तलाको १ हजारजना अट्ने क्षमताको हुनेछ । संघले २०६९ सालको महोत्वसबाट ५१ लाख र २०७२ सालको महोत्सवबाट २४ लाख ९९ हजार रकम संकलन गरेको अध्यक्ष भुसालले बताए । उक्त रकमबाट सुकुमवासीको व्यवस्थापनमा खर्च गरेको थियो । बहुउद्देश्य सभागृह ३० महिनामा कार्य सम्पन्न गर्ने सम्भौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्