पुलिस स्कुल र युनिग्लोब कलेज विश्व रोबट ओलम्पियाडमा सहभागी हुने «

पुलिस स्कुल र युनिग्लोब कलेज विश्व रोबट ओलम्पियाडमा सहभागी हुने

विद्यार्थीहरूमा विज्ञान तथा प्रविधिका प्रयोगात्मक कुरा सिकाउँदै आएको स्टेम फाउण्डेशन नेपालले राजधानीमा विद्यार्थीहरूका बीचमा रोबटिक्स प्रतियोगिता गराएको छ । थाइल्याण्डमा हुन लागेको ‘विश्व रोबट ओलम्पियाड’मा सहभागी गराउने उद्देश्यका साथ विद्यार्थीहरूका बीचमा राष्ट्रिय स्तरको रोबटिक्स प्रतियोगिता गराइएको हो ।
राजधानीको कमलादीस्थित युनिग्लोब कलेजमा आयोजना गरिएको रोबटिक्स प्रतियोगितामा राजधानी काठमाडौँ , कास्की, काभ्रे लगायतका जिल्लाका विभिन्न १९ वटा टिमको सहभागीता रहेको थियो । जसमध्ये २ वटा टिम उत्कृष्ट भएका थिए । यी टिम थाइल्याण्डमा नोभेम्बर १६ देखि १८ तारिखसम्म सञ्चालन हुने विश्व रोबट ओलम्पियाडमा सहभागी हुनेछन् । नेपाल पहिलोपटक विश्व रोबट ओलम्पियाडमा सहभागी हुन लागेको हो । उक्त ओलम्पियाडमा ६० भन्दा बढी देशका विद्यार्थीहरूको सहभागिता हुनेछ । ओलम्पियाडमा सहभागी हुन नेपालबाट जुनियरतर्फ नेपाल पुलिस स्कुल साँगा र सिनियरतर्फ युनिग्लोव उच्च मावि छानिएका छन् ।
नेपाल इञ्जिनियर्स एशोसिएसनका अध्यक्ष ई. हरेराम श्रेष्ठ प्रमुख आथिती र नाष्टका टेक्निकल प्रमुख डा. रविन्द्र ढकाल उपस्थित रहेको कार्यक्रममा सहभागी प्रतियोगिलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
स्टेम फाउण्डेशन नेपालले विद्यार्थीहरूका बीचमा विज्ञान, प्रविधि, गणित र वातावरणका विषयमा विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्