नेपाल लाइफ इन्स्योरेन्सद्वारा बिमांक प्रदान

नेपाल लाइफ इन्स्योरेन्सले बिगु–४ की निरु आचार्यलाई घरमै पुगेर बिमांक भुक्तानी गरेको छ । बिमाबापत ५ वर्षमा आचार्यले ८४ हजार बिमा कम्पनीलाई तिरेपछि सम्झौताअनुसार कम्पनीले निजलाई सो रकम घरमै पुगेर वितरण गरेको कम्पनीका चरिकोट उपशाखा प्रमुख सहदेव अधिकारीले बताए । ‘जीवन रहँदा आफूलाई नरहँदा परिवारलाई’ भन्ने नाराअनुसार बिमितको जीवन नरहे पनि कम्पनीले परिवारका सदस्यलाई बिमाबापतको रकम हस्तान्तरण गरेको उनले बताए ।
बिमा रकम दाबी भुक्तानी कार्यक्रममा दोलखा उद्योग वाणिज्य संघ सिंगटी शाखाका अध्यक्ष सुन्दर श्रेष्ठ, नागरिक समाज सिंगटीका संयोजक कृष्णबहादुर उप्रेतीले संयुक्त रूपमा आचार्यकी श्रीमती निरुलाई हस्तान्तरण गरे । “बिमाले पैसा मात्र लिन्छ, ठगी गर्छ भन्ने मात्र सुुनेका थियौं तर घरमै आएर पैसा पो दिँदो रहेछ,” बिगु गाउँपालिका–४ सिंगटीका दिलकृष्ण मल्लले भने । सानो सानो रकम बचत गरेर परेका बेला जोखिम समेत बहन गर्न सक्ने रहेकाले बिमा सम्बन्धि चेतना बढाउनुपर्ने उनले बताए ।
नेपाल लाइफले सिंगटीमा आफ्नो सम्पर्क कार्यालय समेत बिहीबार नै खोलेको छ । अब सिंगटीबाटै बीमा गर्न, भुक्तानी लिन र बिमीतलाई ऋण लिनका लागि सहयोग पुग्ने उपशाखा प्रमुख अधिकारीले बताए ।
नेपाल लाइफ दोलखामा सबैभन्दा बढी बीमा व्यवसायी गर्ने कम्पनी हो । आर्थिक वर्ष २०७४÷७५ मा ४४२ पोलिसीबाट जम्मा १ करोड ८८ लाख १७ हजार ६ सय ७१ प्रिमियम संकलन गरेको छ । यो रकम अघिल्लो वर्षको तुलनामा एक करोड बढी भएको अधिकारीले बताए । नयाँ पोलिसी १०५ वटाको प्रिमियम ७९ लाख रुपैयाँ छ ।