चितवनको कुमरोजमा शाखारहित बैंकिङ सेवा «

चितवनको कुमरोजमा शाखारहित बैंकिङ सेवा

ग्लोबल आईएमई बैंकले बिहीबार नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएको शाखारहित बैंकिङ सेवासँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०३ पुगेको छ । बैंकले चितवन जिल्लाको खैरहानी नगरपालिका–१२ कुमरोजमा आफ्नो १०३ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्घिजीवि तथा स्थानीयवासीहरूको रोहवरमा गरिएको छ ।
कुमरोजमा खोलिएको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय राजेन्द्र श्रेष्ठलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यो शाखारहित बैंकिङ सेवा ग्लोबल आईएमई बैंकको टाँडी शाखाअन्तर्गत रहनेछ । कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आईएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्