जुम्ला उवासंघमा मनिहारको समूह विजयी «

जुम्ला उवासंघमा मनिहारको समूह विजयी

जुम्ला उद्योग वाणिज्य संघको अध्यक्षमा कांग्रेस प्यानल विजयी भएको छ । व्यापारी रज्जव अलि मनिहार सहितको प्यानल विजयी भएको हो । कम्युनिस्ट पक्षबाट दुई अध्यक्षका उम्मेदवार उठेपछिको फाइदा कांग्रसेले उठाएको अनुमान छ । बिहीबार सम्पन्न संघको निर्वाचनले अध्यक्षमा मनिहारसँगै, पूरै प्यानलनै विजयी भएको छ । कम्युनिस्ट पक्षधरबाट दुई उम्मेदवार उठेपछि लजास्पद हार बेहोरेका छन् ।
त्यसको फाइदा उठाउँदै नेपाली कांग्रेस पक्षको प्यानलले उद्योग वाणिज्यको निर्वाचनमा जित हासिल गरेको हो । गठबन्धका तर्फबाट, भैरब कठायत र रामदत्त रावलले अध्यक्षको उम्मेदवारी दिएका थिए । कांग्रेस पक्षबाट रज्जव अलि मनिहारले दिएका थिए । निर्वाचनमा खसेको जम्मा ४ सय २७ मत मध्य विजयी मनिहारले १ सय ९९ मत प्राप्त गरेका थिए । उनका प्रत्याशी अध्यक्ष, भैरव कठायतले १ सय २७ र निवर्तमान अध्यक्ष रामदत्त रावलले ६९ मत प्राप्त गरेको निर्वाचन संयोजक देवेन्द्र शर्माले बताए ।
उनका अनुसार ४ सय ६० मतदातामध्ये ३३ जना भने, सहभागी थिएनन् । एक कार्यकाल चलाएका रामदत्त रावलले आफ्नै कार्यसमितिका निवर्तमान महासचिव अध्यक्षमा उम्मेदवरी दिएपछि हार्नु परेको थियो । लेखा समिति संयोजकका पनि मनिहार पक्षकै, खडकबहादुर धामी विजयी भएका छन् । साथै, प्रथम उपाध्यक्ष वाणिज्यमा दिलबहादुर रोकाया, द्वितीय उपाध्यक्ष उद्योगमा देउऋषि चौलागाईं, महासचिवमा अनिलबहादुर रोकाया, कोषाध्यक्षमा डम्बरकुमारी रोकाया, खुला सदस्यमा पुरिचन्द्र देवकोटालगायत ११ सदस्यी नयाँ कार्यसमिति चयन भएको छ । जसमा दलित सदस्य मोती सार्की, जनजाती सदस्य, नन्दबहादुर गुरुङ र महिला सदस्यमा सुनिता श्रेष्ठ विजयी भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्