नेपाल जर्मनी विकास सहायता सम्बन्धी वार्ता सम्पन्न «

नेपाल जर्मनी विकास सहायता सम्बन्धी वार्ता सम्पन्न

नेपाल जर्मनी विकास सहायता सम्बन्धी वार्ता जर्मनीको बर्लिनमा सेप्टेम्बर १९-२०, २०१८ मा सम्पन्न भयो । जर्मनी सरकारबाट आगामी दुई वर्षका लागि वित्तीय तथा प्राविधिक सहायता गरी जम्मा यूरो ५५.६ मिलियन(करीब ७ अर्ब ५० करोड नेपाली रुपैया)बराबर अनुदान सहायताको प्रतिवद्धता प्राप्त भयो । यसैगरी उर्जा दक्षता कार्यक्रम अन्तरगत लेखनाथ दमौली २२० केभी प्रसारण लाईन परियोजना निर्माणको लागि थप १५ मिलियन यूरो सहित जम्मा ३१ मिलियन यूरो अनुदान सहायता प्रदान गर्ने संझौतामा हस्ताक्षर भयो । उक्त संझौतामा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जर्मनी सरकारको तर्फबाटकेएफ डब्लुविकास बैंकको दक्षिण एसिया क्षेत्रीय व्यवस्थापक यास्मिन तौफिकले हस्ताक्षर गरे ।
उक्त वार्तामा जर्मनी सरकारबाट उर्जा, स्वास्थ्य तथा दीगो आर्थिक विकासका क्षेत्रमा जारी आयोजनाहरुलाई निरन्तरता दिदै थप आयोजनाको लागि समेत प्रतिवद्धता प्राप्त भयो ।
जर्मनी सरकारबाट नेपाललाई नवीकरणीय उर्जा, स्वास्थ्य, नगर विकास, शान्ति कोष, भुकम्पपछिको पुनर्निर्माण तथा दीगो आर्थिक विकासका क्षेत्रमा प्राप्त सहयोगको लागि नेपाली पक्षले धन्यवाद दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्