अलिबाबाको अमेरिकामा १० लाख रोजगारी सिर्जना गर्ने योजना फिर्ता «

अलिबाबाको अमेरिकामा १० लाख रोजगारी सिर्जना गर्ने योजना फिर्ता

बेइजिङ-चिनियाँ खुद्रा बिक्री गर्ने कम्पनी अलिबाबाका संस्थापक र अध्यक्ष ज्याक माले कम्पनीले अमेरिकामा १० लाख रोजगारी सिर्जना गर्ने पहिलको योजनाबाट आफु फिर्ता भएको बताएका छन् । अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्धको मध्यमा उनले यस्तो बताएका हुन् ।
उनले २०१७ को जनवरमिा ट्रम्पले राष्ट्रपतिको सपथ गर्नु पूर्वको समयमा भएको उच्च तहको बैठकमा अमेरिकामा १० लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेका थिए ।
“अमेरिका–चीन साझेदारी र गतिशिल व्यापार सम्बन्धको मैत्रीपूर्ण सिद्धान्तकाृे सम्बन्धमा यो प्रतिबद्धता व्यक्त गरिएको थियो,” माले यस्तो प्रतिबद्धता गरेको उनले चिनियाँ समाचार संस्था सिन्ह्वालाई बुधबार बताएका हुन् । “त्यो प्रतिबद्धता आज कायम छैन । त्यसैले प्रतिबद्धता पुरा गर्न सकिदैन,” मालाई उद्र्धृत गर्दै सिन्ह्वालाई सम्बोधन गर्दै सीएनबीसीले जनाएको छ ।
हालसालै मात्र अलिबाबाको अध्यक्षबाट एक वर्षभित्र पद छोड्ने घोषणा गरेका माले कम्पनीले अमेरिका–चीन व्यापारको स्वस्थ विकासलाई निरन्तरता दिने विषयमा कडा परिश्रम गर्ने विषय नरोकिने बताए ।
यसै साता चीन र अमेरिका दुवैकातर्फबाट नयाँ चरणको भन्सार लगाउने घोषणा भएपछिको समयमा उनको यस्तो अभिव्यक्ति आएको हो । ट्रम्प प्रशासनले चीनको व्यापार अभ्यासको बारेमा चासो व्यक्त गरेपछिको समयमा दुवै मुलुकहरुको अर्बौ डलरको व्यापार प्रभावित हुने माको टिप्पणी थियो ।
आगामी पाँच वर्षको अवधिमा अमेरिकामा १० लाख साना व्यवसायको क्षेत्रमा रोजगारी सिर्जना गर्ने र किसानहरुलाई उनीहरुका सामग्री अलिबाबाको प्लेटफर्मबाट बिक्री गर्नका लागि सक्षम बनाउने योजना सुरु गर्ने माको योजना ओझेलमा परेको विज्ञहरुले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्