हिसिला महर्जनलाई लिरिल फ्रेस फेसको उपाधि «

हिसिला महर्जनलाई लिरिल फ्रेस फेसको उपाधि

युनिलिभरको प्रसिद्ध साबुन ब्राण्ड लिरिलले आयोजना गरेको ‘लिरिल फ्रेस फेस’को उपाधि हिसिला महर्जनले प्राप्त गरेकी छन् । लिरिल फ्रेस फेस सिजन ४ को विजेताको उपाधिका साथ महर्जनले गद पुरस्कार १ लाख र हिरो डुएट स्कुटर जित्न सफल भइन् ।
दर्शकहरुका लागि अझ बढी रोमाञ्चक र सहभागीहरुका लागि अझ बढी चुनौतीपूर्ण भएको लिरिल फ्रेस फेसको चौथो संस्करण मंगलबार समाप्त भएको हो । ७ सयभन्दा बढी इन्ट्रीबाट छानिएर हरेक टाष्क र एपिसोडमा उत्कृष्ट प्रदर्शन गर्दै उत्कृष्ट ३ मध्ये सर्वोत्कृष्ट भएर उनले उपाधि जितेको जनाइएको छ । फेसन फोटोग्राफर किशोर कायस्थ, कलाकार एवं कोरियोग्राफर प्रशान्त ताम्रकार र पूर्व मिस नेपाल माल्भिका सुब्बालगायतका निर्णायकहरुले लिरिल फ्रेस फेस सिजन ४ को गरिमालाई नै बढाएको कम्पनीले जनाएको छ । जसमध्ये माल्बिका सुब्बाको भने यो पहिलो सिजन हो ।
७ सातामा ७ एपिसोडमा प्रशारण भएको लिरिल फ्रेस फेसको हरेक एपिसोडहरु मनोरञ्जन र रोमाञ्चकताले भरिपूर्ण थियो । अद्भुत र नवीनतम् टाष्कहरु र प्रख्यात हस्तीहरुले भरिपूर्ण एपिशोडहरु भएको यो सिजनले हजारौं प्रशंसकहरुको मन जित्दै आएको जनाइएको छ । प्रसिद्ध गायक नीतेशजंग कुँवरको गीतले दर्शकलाई मन्त्रमुग्ध पारेको थियो भने आयुष्मान देशराज श्रेष्ठ जोशीले विशेष निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्