पोखरा ट्रेडमलमा चाडपर्व उत्सव «

पोखरा ट्रेडमलमा चाडपर्व उत्सव

पोखरा-पर्यटकीय नगरी पोखराको मुख्य व्यापारिक केन्द्र चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मलमा दसैं–तिहार उत्सव २०७५ को कार्यक्रम हुने भएको छ । नेपालीहरूको महान पर्व विजयादशमी तथा शुभदीपावलीको अवसरमा आम ग्राहकहरूलाई बम्पर उपहारको साथमा हात खाली नजाने स्क्र्याच कुपनको विशेष उपहार योजना ल्याएको मंगलबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
बम्पर उपहार योजनामा सहभागी हुन न्यूनतम ५ सय रुपैयाँबराबरको मलभित्र कुनै पनि सामन किन्नुपर्ने तर स्क्र्यच कुपनमा सहभागी हुन भने न्यूनतम ५ हजार रुपैयाँबराबरको सामान किन्नुपर्ने पोखरा ट्रेड मलको दसैं–तिहार उत्सव व्यवस्थापन समितिका अध्यक्ष नवराज त्रिपाठीले बताए । उनका अनुसार बम्पर उपहारमा १ लाख १ जनालाई र १० हजार ५ जनालाई साथै स्त्र्mयाच कुपनमा ५० हजार रुपैयाँसम्मकोे नगद तथा सपिङ भौचरको उपहार ग्राहकले जित्न सक्नेछन् । उनले भने, “यस पटकको उपहार योजनामा ग्राहकका लागि १० लाख बराबरकोे उपहारको व्यवस्था गरेका छौं ।” दसैं उत्सवलाई थप आकर्षण गर्न सेल्फी प्रतियोगिता, खाने प्रतियोगिता, ट्रेजरहन्ट लगायतका प्रतियोगिता हुने भएको छ । उक्त योजना यही असोज ५ गतेदेखि आगामी मंसिर ५ गते दुई महिनासम्म सञ्चालन हुने भएको समितिका सचिव माधव तिवारीले बताए । मंसिर ८ गते बम्पर उपहार विजेता छनोट हुने भएको छ ।
पोखरा टे«ेड मलका अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले पोखरेलीको मागअनुसार व्यापारीहरूले वस्तु तथा सेवा उपलब्ध गराउनुपर्ने बताए । पोखरामै विभिन्न पेसा व्यवसाय गरेर बसेका विभिन्न व्यक्तिहरूको करिब एक अर्ब बढीको सामूहिक लगानीको व्यापारिक भवन विगत ३ वर्षदेखि सञ्चालन हुँदै आएको छ । उक्त मलमा हाल २ सय २५ वटा विभिन्न व्यापारिक स्टलहरू रहेको मलका प्रवन्ध निर्देशक मिनराज काफ्लेले बताए । उक्त मलभित्र आवश्यक पार्किङको वैकल्पिक रूपमा व्यवस्थापन गर्न सकिने स्थान रहेको उनले बताए । घटस्थापनाको दिनमा थप केही स्टलहरू थपिएसँगै ३ वर्षमा उक्त मलमा भने पूरै स्टल भरिने भएको प्रवन्ध निर्देशक काफ्लेले बताए ।

 

प्रतिक्रिया दिनुहोस्