युगाण्डामा तीज कार्यक्रम सम्पन्न «

युगाण्डामा तीज कार्यक्रम सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) युगान्डाले तीज कार्यक्रम आयोजना गरेको छ । संघले आयोजना गरेको कार्यक्रमका करिब ४५ जना नेपालीहरुले युगाण्डाको राजधानी कम्पालाको गार्डेन सिटी नवाब रेष्टुरेन्टमा जम्मा भई धुमधामसँग नेपाली पर्व तीज मनाएका थिए ।
उक्त कार्यक्रममा राष्ट्रिय समन्वय परिषद् युगाण्डाका अध्यक्ष राजमणि भण्डारी, पूर्व अध्यक्ष रमेश कँडेल र आइसिसि सदस्य जीवनाथ पंगेनीका साथै पदाधिकारीहरु र सदस्यहरुका साथै अन्य नेपालीको परिवारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्