यतीले ल्यायो तेस्रो एटीआर «

यतीले ल्यायो तेस्रो एटीआर

यती एयरलाइन्सले तेस्रो एटीआर भिœयाएको छ । मंगलबार २ः५० मा काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको यो जहाज एटीआर–७२–५०० मोडलको हो । यससँगै यतीसँग जहाज संख्या ९ वटा पुगेको छ ।
यस विमान फ्रान्सको टुलुस–इटली–इजिप्ट–मस्कट हुँदै काठमाडौं अवतरण गरेको जनाइएको छ । उक्त विमानमा चालक दलका सदस्यहरू क्या. प्रमोद पौडेल, क्या. रमोद श्रेष्ठ, क्या. सुरेन्द्र कुँवर, वरिष्ठ इञ्जिनियर सुरेशकुमार बज्राचार्य, डिस्प्याचर सन्त प्रजापती तथा नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधि भरतराज पराजुली थिए । एटीआर–७२–५०० फ्रान्सेली–इटालीयनको सहकार्यमा उत्पादित ट्वीन इञ्जिन टर्बोप्रप विमान हो । यसको उत्कृष्ट निर्माण र प्रदर्शनले गर्दा यस जहाज संसारको सबैभन्दा सफल क्षेत्रीय क्यारियरहरू मध्येमा पर्दछ ।
एटीआर–७२–५०० विमानको विश्व प्रसिद्ध ग्लोबल अपरेटरहरू एयर न्यूजिल्याण्ड, एयर लिङ्स, एस.ए.एस, एच.ओ.पी, फ्लिव, अजुल, बैंकक एयरवेज, जेट एयरवेज, मलिन्दोलगायत हुन् । यतीका अनुसार यो विमान के एफ् टर्बो लिजिङ लिमिटेडबाट खरिद गरिएको हो । यो नेपालमा रहेका एटीआर ७२ विमानमध्येमा सबैभन्दा नयाँ विमान हुनेछ । यो विमान थपिँदा यती एयरलाइन्सले यसैबाट सेवा विस्तार गरेर भद्रपुर र पोखरासम्मको सेवा प्रदान गर्नेछ ।
यती एयरलाइन्सले १९९८ मा सेवाको थालनी गरेको हो र हाल यती एयरलाइन्ससँग ३ वटा एटीआर–७२–५०० र ६ वटा बिएई जेटस्ट्रिम ४१ जहाज रहेका छन् । त्यसैगरी यसको सहायक कम्पनी तारा एयरसँग २ वटा डोर्नियर डीओ–२२८, २ वटा ट्वीनअटर डीएचसी–३०० र २ वटा ट्वीनअटर भाइकिङ ४०० सिरिजका जहाज छन् ।

प्रतिक्रिया दिनुहोस्