नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको राष्ट्रिय भेला «

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको राष्ट्रिय भेला

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले यस कम्पनीमा कार्यरत वरिष्ठ अभिकर्ताहरूका लागि भदौ २९ देखि ३१ सम्म ३ दिने राष्ट्रिय भेला चितवनको सौराहमा सम्पन्न गरेको छ । कम्पनीको चेयरपर्सन क्लब कार्यक्रमअन्तर्गत कम्पनीको अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको सो भेलामा नेपालभरीबाट करिब २ सय ५० जनाको सहभागिता थियो । उक्त भेलामा उपस्थित सबै सहभागीहरूलाई कम्पनीका अध्यक्षले प्रमाणपत्र वितरण गरी सम्मान गर्नु हुँदै आव २०७४/७५ मा उत्कृष्ट व्यवसाय गर्नुहुने नेपालगन्ज शाखामा कार्यरत विजयकुमार पाठक, शंकर लामिछाने, गंगा कुमारी शर्मा, तुल्सी थापा, तिनकुने शाखामा कार्यरत अर्जुन घिमिरे तथा पाल्पा शाखामा कार्यरत संगीता भट्टराईलाई नगद पुरस्कार हस्तान्तरण गरिएको थियो ।
कम्पनीको सामाजिक उत्तरदायित्व बहनअन्तर्गत असहाय तथा विपन्न परिवारका बालिकाहरूको शिक्षामा सहज पहुँच पु¥याउने उद्देश्यले बालिका शिक्षा योजना कार्यक्रम लागू गरिएको र सोअनुसार दैलेख, बुटवल, हेटौंडा, राजविराज, बाग्लुङ र चितवनका ६ जना विपन्नवर्गका बालिकाहरूलाई कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहद्वारा छात्रावृत्ति रकम हस्तान्रण गरे । कार्यक्रममा भारतबाट आएका बरिष्ठ प्रशिक्षक दीपक जोशीले सहभागीहरूलाई प्रशिक्षण दिएका थिए । काय

प्रतिक्रिया दिनुहोस्