बीएमडब्लूको १ लाख बिक्री लक्ष्य «

बीएमडब्लूको १ लाख बिक्री लक्ष्य

यो वर्ष विश्वभरि गरेर १ लाख विद्युतीय कार बिक्री गर्ने लक्ष्य पूरा भएको बीएमडब्लूले जनाएको छ । पश्चिम युरोप र अमेरिकाबाट आएको मजबुत मागका कारण बिक्री लक्ष्य पूरा भएको कम्पनीले जनाएको छ । पश्चिम युरोप र अमेरिकामा आई–३ र २–सिरिजको प्लग इन हाइब्रिड एक्टिभ टउररको माग उच्च थियो ।यो संख्या बीएमडब्लूले गत वर्ष बिक्री गरेको ६२ हजार २ सय ५५ विद्युतीय कारको ६० प्रतिशतभन्दा बढी हो । आगामी वर्ष पनि विद्युतीय कारको बिक्री दोहोरो अंकले वृद्धि हुने अपेक्षा जर्मन विलासी कार निर्माताले जनाएको छ ।विद्युतीय कारमा पायोनियर रहँदै आएको बीएमडब्लूले २०१३ मा आई–३ लन्च गरेको थियो । तर बिक्री तुलनात्मक रूपमा न्यून रहेको थियो ।
म्युनिखमा रहेको समूहले विद्युतीय कारको आम उत्पाद बढाउने बताएपछि सेप्टेम्बरमा आएर अवस्थामा परिवर्तन आएको थियो । कम्पनीले आगामी २०२५ सम्ममा पूर्ण रूपमा विद्युतीय सवारीका मोड ल्याउने लक्ष्य राखेको छ । यी कारहरू एकपटकको चार्जमा ७ सय किलोमिटरसम्मको दूरी पार गर्न सक्ने कम्पनीले जनाएको छ ।“जहाँ मैले मापन गर्छु यसको विद्युतीय परिचालन सूचकका रूपमा रहेको छ,” प्रमुख कार्यकारी हाराल्ड क्रुगरले बताए ।हालै मात्र अमेरिकी विद्युतीय सवारी ब्याट्री उत्पादन गर्ने कम्पनी सोलिड पावरले बीएमडब्लूसँगको साझेदारीमा विद्युतीय कारमा प्रयोग हुने अर्को पुस्ताको ठोस ब्याट्री प्रविधि विकास गर्ने जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्