होण्डाको एक्स–ब्लेड पोखरामा «

होण्डाको एक्स–ब्लेड पोखरामा

पोखरा – होण्डाको नयाँ बाइक एक्स–ब्लेड पोखरामा बिक्री सुरु भएको छ । पोखरा नयाँबजारमा रहेको कुँवर ब्रदर्शले उक्त बाइक पोखरामा बिक्री सुरु गरेको हो । उक्त बाइक पावर, माइलेज र स्टाइलको उत्कृष्ट समिश्रण रहेको दाबी गर्दै कुँवर ब्रदर्शका सञ्चालक चन्द्रबहादुर कुँवरले युवाहरुको रोजाइमा होण्डा कम्पनीका बाइक पर्ने गरेको जनाए ।
२ लाख ८५ हजार ९ सय मूल्य रहेको उक्त बाइक रातो, हरियो, निलो, कालोसहित ५ कलरमा उपलब्ध भएको कम्पनीले जनाएको छ । १६० सीसीको बाइकमा इमर्जेन्सी लाइट सिस्टम, डिस्क ब्रेक, १२ लिटरको ट्याङकीलगायत विषेशता रहेको सञ्चालक कुँवरले बताए । चेन सुख्खा नहुने हुँदा एक सय ३० किलोमिटर गुड्दा पनि कुनै समस्या नहुने कम्पनीले दाबी गरेको छ ।
सोमबार गण्डकी प्रदेशका ट्राफिक प्रहरी उपरिक्षक विरेन्द्र कुमार बस्याल, नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ तथा सञ्चालक चन्द्र बहादुर कुँवरले उक्त बाइक सार्वजनिक गरे ।
कुँवर ब्रदर्शका प्रोप्राईटर लक्ष्मी कुँवरले दशैं अफरअन्तर्गत होण्डा एक बाइक वा स्कुटर किन्दा विभिन्न अफर लागू भएको बताइन् । उनका अनुसार एक बाइक व स्कुटर किन्दा ४ हजारदेखि १ लाखसम्मको स्क्रयाच कुपन, ५ वर्षसम्म फ्रि सर्भिसिङ, ५ वर्षसम्म पार्टस्मा १० प्रतिशत छुट, बम्पर उपहार ५० लाख, एक वटा होण्डा हेलमेट र एक वर्षको यातायात कर छुट सहितको कम्पनीले सेवा दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्