महिन्द्राका ट्रयाक्टरमा उत्सव योजना «

महिन्द्राका ट्रयाक्टरमा उत्सव योजना

महिन्द्रा अटोमोबाइल्स तथा ट्रयाक्टरहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले दसैं, तिहार, छठ लगायत चाडपर्वहरुको अवसरमा महिन्द्रा उत्सव योजना ल्याएको छ । यस अन्तर्गत ‘चाडपर्वको प्रसंग, महिन्द्रा ट्रयाक्टर किन्दा अब परिवार दंग’भन्ने नारा सहित योजनालाई अगाडि सारेको छ । यस योजनामा महिन्द्रा ट्रयाक्टरका ग्राहकहरुले निश्चित उपहारको रुपमा ४३ इन्चको एलइडी टिभी वा अधिकतम १ लाख ५० हजार रुपैयाँसम्म नगदर पुरस्कार प्राप्त गर्न सक्ने छन् ।
चाडपर्वको समय भनेको खुशीयालीले भरिपूर्ण समय हो र सामान्यतया उत्सवको समयमा घरमा नयाँ सामान खरिद गरिने गरिन्छ । उत्सवको यो अनुभवलाई जीवन्त एवं सुखद बनाउन महिन्द्राले आफ्ना ग्राहकहरु समक्ष महिन्द्रा उत्सव योजना प्रस्तुत गरेको अग्नि ग्रुपका (ट्रयाक्टर समूह अन्तर्गतका) डीजीएम प्रकाशमान शाक्यले बताए । यसै सिलसिलामा ग्राहकको भावनालाई आत्मसाथ गर्दै अझ बलियो सम्बन्ध स्थापित गर्न यो योजना प्रस्तुत गरेको उनको भनाइ छ ।
यो उत्सवको मौसमा, महिन्द्रा ट्रयाक्टरका कुनै पनि ग्राहकले निश्चित उपहारहरु पाउने छन् । साथै बम्पर उपहारमा लक्की ड्र मार्फत १ सय १० सीसीको महिन्द्रा सेन्चुरो मोटरसाइकल जित्न सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्