प्राइम लाइफ र नेपाल बैंकबीच सम्झौता «

प्राइम लाइफ र नेपाल बैंकबीच सम्झौता

 प्राइम लाइफ इन्स्योरेन्स र नेपाल बैंकबीच बैंकास्युरेन्स सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरे । कम्पनीबाट जारी विज्ञप्तिमा जनाएको छ । उक्त सम्झौतापश्चात् प्राइम लाइफ इन्स्योरेन्सले जारी गर्ने विभिन्न जीवन बिमा योजनाहरू नेपाल बैंकको देशभर रहेका शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछन् । हाल प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाँ, जीवन बिमा कोष ६ अर्ब ५३ करोड, कुल प्रिमियम १२ अर्ब १९ करोड रुपैयाँ तथा देशभरका १३५ स्थानबाट सेवाप्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्