सिटिजन्स बैंक इन्टरनेसनलको ८० औं शाखा थानकोटमा «

सिटिजन्स बैंक इन्टरनेसनलको ८० औं शाखा थानकोटमा

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८० औं शाखा काठमाडौंको थानकोटमा सञ्चालनमा ल्याएको छ । सोमबर बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ कारोबारको सुरुवात गरेका छन् । उक्त समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति थियो । यो शाखामार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुराउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरू छन् ।

प्रतिक्रिया दिनुहोस्