स्पेस एक्सको पहिलो चन्द्र यात्री जापानी «

स्पेस एक्सको पहिलो चन्द्र यात्री जापानी

वासिङटन-जापानी अर्बपति युसाकु मेजावाले चन्द्रमामा जानका लागि स्पेस एक्ससँगको सम्झौतामा हस्ताक्षर गरेका छन् । कम्पनीको अर्को पुस्ताको रकेटबाट उनलाई चन्द्रमामा लगिने सीईओ इलोन मस्कले घोषणा गरेका छन् ।
झन्डै आधा सताब्दीको अवधिमा मेजावा चन्द्रमामा जाने पहिलो व्यक्ति हुनेछन् ।
या यात्रा २०२३ मा लन्च हुने अपेक्षा गरिएको छ ।“म बच्चानै भएको समयदेखिनै म चन्द्रमालाई माया गर्थे,” जापानकै धनी मध्येकाम एक मेजावाले बताए । उनले अनलाईन रियालिटी स्टार्ट टूडे र जोजोटाउनबाट आफ्नो सम्पत्ति आर्जन गरेका हुन् ।
स्पेस एक्सले २०१७ को फेबु्रअरीमा कम्पनीको क्रु ड्रागन क्यापसुलबाट दुई यात्रीले चन्द्रमाको फेरो लागउने घोषणा गरेको थियो । यो क्यापसुल फाल्कन हेभी रकेटबाट लन्च गरिएको हो ।
यो भन्दा पहिला केबल २४ मानिस मात्रै चन्द्रमामा गएका थिए । कम्पनीले अन्तरिक्षको यात्रा गर्ने इच्छा राख्ने साधारण मानिसको सपना पुरा गर्ने दिशामा यो एउटा ठूलो कदम भएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्