ग्यालेक्सी नोट–९ मा पनि आगो लाग्यो «

ग्यालेक्सी नोट–९ मा पनि आगो लाग्यो

न्यूयोर्क-आफ्नो पर्समा रहेको ग्यालेक्सी नोट–९ मा आगो लागेको डायने चङले बताएको न्यूयोर्क पोष्टले छापेको छ । चङ विद्युतीय भ-याङमा भएको समयमा उनको फोनमा आगो लागेको उनले बताइन् ।
उनले यो विषयमा अदालतमा मुद्धा पनि हालेकि छन् । आफ्नो पर्समा रहेको ग्यालेक्सी नोट–९ अत्यन्त तातो भएको र सुसेलेको जस्तो आवाज सुनेको उनले अदालतमा पेश गरेको दस्तावेजमा उल्लेख गरेकि छन् । त्यसपछि पर्सबाट बाक्लो धुवा निक्लन थालेको उनले बताएको पोष्टले जनाएको छ ।
धुवा देखिएपछि चङले आफ्नो ब्यागलाई विद्युतीय भ-याङ (इलेभेटर)को भुइमा राखेको र त्याहाबाट फोन हटाउने प्रयास गरेको बताइन् । यसो गर्दा आफ्नो औला पोलेको र अत्यन्त पीडा भएको उनले दायर गरेको मुद्धामा उल्लेख गरिएको छ । इलेभेटरमा बाक्लो धुवाका कारण आफ्नो दृष्टि क्षमतामै कमी आएको उनले बताइन् ।
लबीमा आएपछि उनले फोन फालेको र अन्य कोहीले कपडाको सहयोगमा ग्यालेक्सी नोट–९ उठाएको बताइन् । उक्त व्यक्तिले अझै आगो लागिरहेको फोनलाई पानीको बाल्टिनमा हालेको र घटना सामसुम भएको उनले बताएको न्यूयोर्क पोष्टमा उल्लेख गरिएको छ ।यो विषयमा सामसङले अनुसन्धान गरिरहेको छ ।
“सामसङले उपभोक्ताको सुरक्षालाई गम्भिरतापूर्वक लिन्छ र हामी अमेरिकामा प्रयोगमा रहेका लाखौ ग्यालेक्सी डिभाइसको गुणस्तरमा ध्यान दिन्छौ,”सामसङका प्रवक्ताले बताए । “हामीले ग्यालेक्सी नोट–९ डिभाइससँग सम्बन्धित अन्य समान खालका घटना पाएका छैनौ र हामी यो विषयमा अनुसन्धान गरिरहेका छौ ।”
यो घटनाले २०१६ को सामसङ ग्यालेक्सी नोट–७ को विषयलाई पुन स्मरण गराएको छ । उक्त समयमा विश्वका कतिपय ठाउँमा सामसङको ह्यान्डसेट अधिक तातेको थियो र आगो लागेको थियो । समस्या अत्यन्त खराब भएको थियो । सामसङ फोन फिर्ता गर्न र अन्य फोन बिक्री गर्नलाई रोक लगाउनका लागि बाध्य भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्