टोखा नगरपालिकाद्वारा आयोजित ५ दिने सूचना तथा प्रविधीसम्बन्धी तालिम «

टोखा नगरपालिकाद्वारा आयोजित ५ दिने सूचना तथा प्रविधीसम्बन्धी तालिम

सामसङ इलेक्ट्रोनिक्स कोरियाको प्राविधिक सहयोगमा टोखा नगरपालिकाद्वारा आयोजना गरिएको ५ दिने सूचना तथा प्रविधिसम्बन्धी तालिम सम्पन्न भएको छ । स्थानीय युवाहरूलाई विभिन्न हार्डवेर तथा सफ्टवेरमा आधारित एप्लिकेसनको तालिम प्रदान गर्नु यसको प्रमुख उद्देश्य छ । सेप्टेम्बर ९ तारिख २०१८ देखि सुरु गरिएको उक्त तालिम कार्यक्रममा सामसङ कोरियाका वरिष्ठ इन्जिनियरहरूले टोखा नगरपालिकाद्वारा छनोट गरेका १ सय जना प्रशिक्षार्थीलाई ग्राफिक डिजाइन, वेबसाइट डिजाइन, कम्प्युटर मर्मत तथा स्मार्टफोन मर्मतको आधारभूत तालिम दिएका थिए । सहभागीहरूमध्ये ६० प्रतिशत स्थानीय महिलाहरूको सहभागिता थियो । सामसङ कोरियाले तालिममा उत्कृष्ट गर्ने २० जना प्रशिक्षार्थीलाई उनीहरूले छानेको विषयमा अझ दक्ष बनाउनका लागि थप ३ महिनाको तालिमको पनि व्यवस्था गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्