नेपाली फेसन ब्रान्ड रिगल इन्कको शोरुम दरबारमार्गमा «

नेपाली फेसन ब्रान्ड रिगल इन्कको शोरुम दरबारमार्गमा

 नेपाली फेसन फ्रेन्चाइजी दि रिगल इन्कको ब्रान्ड आउटलेट काठमाडौंको दरबारमार्गमा खुलेको छ । ट्याग इन्टरनेसनल प्राइभेट लिमिटेडअन्तर्गत दर्ता रियल इन्क दरबारमार्गमा रहेको त्रिसरा रेस्टुराँको भवनमा शोरुम खुलेको हो । नबिल बैंकका प्रमुख कार्यकारी अनिल शाहले उद्घाटन गरेको उक्त समरोहमा फेसन क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वको उपस्थिति थियो । काठमाडौंको फेसन हव दरबारमार्गमा शोरुम स्थापना गरेको रिगलले फेसनको क्षेत्रमा नवप्रवर्तन गर्ने लक्ष्य लिएको जनाएको छ । शोरुमको उद्घाटन गर्दै बैंकर शाहले फेसनको दुनियाँमा नेपाली ब्रान्डको उदयले गुणस्तरीय छनोटको अवसर बढेको बताए ।
युवा व्यवसायीहरूको प्रयासबाट भएको यस्तो काम अझै बढ्नुपर्ने उनको धारणा थियो । रिगल इन्कका प्रमुख कार्यकारी अधिकृत अशुतोश अग्रवालले आफ्नै ब्रान्ड र विदेशी गुणस्तरीय ब्रान्ड उपलब्ध गराउने उद्देश्यबाट शोरुम खोलिएको बताए । “यसबाट लुक्समात्र फेरिने छैन सँगै हामी गुणस्तर, विश्वासनीयता, सस्तो र धान्न सक्ने गरी उत्पादनहरू उपलब्ध गराउने छौं,” अग्रवालले भने । उनले आफ्नै ब्रान्डमा विभिन्न फेसन उत्पादनहरू पनि उपलब्ध गराउँदै जाने बताए । शोरुममा आठवटा ब्रान्ड उपलब्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्