रिचार्जरले ल्यायो नयाँ योजना, सामान मन नपरे फिर्ता «

रिचार्जरले ल्यायो नयाँ योजना, सामान मन नपरे फिर्ता

काठमाडौं-नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै मोबाइल एप रिचार्जरले ‘ट्राई फस्ट बाई लेटर, मन नपरे फिर्ता, योजना ल्याएको छ । जसअन्तर्गत रिचार्जर एपको माध्यमबाट लुगा तथा जुत्ता खरिद गर्ने क्रममा आफूसँग आएको सामान मन नपरे फिर्ता गर्न सकिने रिचार्जरले जनाएको छ । ग्राहकहरुले सामान अर्डर गरेर ट्राई गरेपछि मन नपरेको खण्डमा तत्कालै उक्त सामान फिर्ता गर्न सक्ने छन् ।
“रिचार्जरबाट सामान अर्डर गरेपछि पाएको सामान मन नपरेर फिर्ता गर्दा कुनै किसिमको रकम तिर्नु पर्दैन,” रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भने । पछिल्लो समय अनलाइन तथा विभिन्न एपबाट सामान किन्ने ग्राहकहरुले कतिपय अवस्थामा आफूले अर्डर गरेअनुसारको समान पाउन सकिरहेका छैनन् भने पाएको सामान पनि अनलाइनमा देखाइए अनुसारको नहुने समस्या छ ।
यो अवस्थालाई मध्यनजर गर्दै रिचार्जरले ग्राहकको सन्तुष्टिलाई ध्यानमा राखेर यस्तो योजना सुरु गरेको रिचार्जरका प्रबन्धक दामोदर श्रेष्ठको भनाइ छ । यो योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ । रिचार्जरबाट सामान अर्डर गर्ने ग्राहकले सामान पाएपछि नगद तथा कार्ड स्वाप गरेर रकम भुक्तानीगर्न सक्छन् । रिचार्जरका प्रबन्धकश्रेष्ठका अनुसार सामान डेलिभरीका क्रममा कार्डबाट रकम भुक्तानी गर्ने सेवाका लागि पोर्टेबल पस मेसिनको प्रयोग हुनेछ । यसरी सामान हातमा परेपछि मन परेको खण्डमा मात्र नगद वा कार्डबाट रकम भुक्तानी गर्दा सेवाग्राहीलाई सहज हुने विश्वास रिचार्जरले लिएको छ । यसरी रकम भुक्तानी गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने रिचार्जरले प्रष्ट पारेको छ । साथै रिचार्जर एपको माध्यमबाट दसँंैका बेला हवाई जहाजको टिकट काट्दा ५० प्रतिशत क्यास व्याक पनि पाइनेछ । गुगलप्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउन्ट खोलेर मोबाइल रिचार्ज गर्दा पनि जतिको रिचार्ज गर्यो त्यत्ति नै क्यास ब्याक पाइनेछ । यसरी प्राप्त हुने क्यास व्याकलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउन्ट भौचरका रूपमा प्रयोग गर्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्