नेपाल इन्भेस्टमेन्ट बैंकको सहयोग «

नेपाल इन्भेस्टमेन्ट बैंकको सहयोग

काठमाडौं- नेपाल इन्भेस्टमेन्ट बैंकले मेरुदण्ड पक्षघात भई अपांगता हुन पुगेका व्यक्तिहरूको सहयोगका लागि ह्विल चियर वितरण गरेको छ । काभ्रेको सांगास्थित स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रले आयोजना गरेको विशेष कार्यक्रममा बैंकका नायव–महाप्रबन्धक रविन सिजापतिले स्पाइनल इन्जुरी संघ नेपाललाई १३ वटा ह्विल चियरहस्तान्तरण गरे ।
नेपाल इन्भेस्टमेन्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक संघ–संस्था तथा देशका विभिन्न कला, संस्कृति एवं पुरातात्विक क्षेत्रमा सहयोग पुराउँदै आएको छ । ह्विल चियर हस्तान्तरणपछि नायव–महाप्रबन्धक सिजापतिले मेरुदण्ड पक्षघात भई अपांगता हुन पुगेका व्यक्तिहरूको सहयोगका लागि नेपाल इन्भेस्टमेन्ट बैंक सदैव तयार रहेको उल्लेख गरे ।
कार्यक्रममा स्पाइनल इन्जुरी पुनःस्थापना केन्द्रका अध्यक्ष प्रचण्ड श्रेष्ठले मेरुदण्ड पक्षघात भई अपांग हुन पुगेका व्यक्तिहरूमध्ये ९५ प्रतिशत आफैं हिँड्डुल गर्न असक्षम भएको बताउँदै वार्षिक रूपमा आवश्यक पर्ने ३ सयवटा ह्विल चियर विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाबाट प्राप्त सहयोगबाट पूरा गर्ने कोसिस गरिरहेको बताए ।
८ लाख ७० हजारभन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको हाल ७७ वटा शाखा तथा १०२ वटा एटीएम छन भने सातवटा एक्स्टेन्सन काउन्टर छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ६० वटा शाखारहित बैंकिङ सुविधा तथा नौवटा राजस्व संकलन केन्द्रका साथै बैंकको सञ्जालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटीएम छ ।

 

प्रतिक्रिया दिनुहोस्