चैतसम्म भारतको बिजुली यथावत «

चैतसम्म भारतको बिजुली यथावत

नेपाल विद्युत् प्राधिकरणले चैतसम्मका लागि भारतबाट १६० मेगावाट परिमाणमै बिजुली ल्याइराख्ने सम्झौता गरेको छ । प्राधिकरणले भारतबाट ल्याउँदै आएको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन हुँदै आउने बिजुलीको विद्युत् खरिद सम्झौता बुधबार नवीकरण गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यसका लागि भारतको राजधानी नयाँ दिल्ली गएका हुन् ।
सम्झौतापत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतीय नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभीभीएन)का प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गरेका हुन् । प्राधिकरणले स्वदेशी उत्पादनले धान्ने अवस्था नभएसम्म भारतबाट आवश्यक परिमाणामा विजुली ल्याउने योजना बनाएको छ । पुरानो सम्झौताअनुसार आउँदो आइतबारदेखि यो सम्झौताको म्याद सकिँदै थियो । ढल्केबरबाट आइरहेको १६० मेगावाट बिजुलीको सम्झौता नवीकरण भएपछि प्राधिकरणलाई सुख्खायाममा पर्नसक्ने विजली व्यवस्थापनको समस्याबाट केही राहत भएको छ ।
चैतसम्म सुख्खायामका नेपालका नदीमा पानीको सतह निकै कम हुने भएकाले भारतबाट विजुली आयातलाई निरन्तरता दिन अत्यावश्यक थियो । चैतबाट भने हिमनदीमा हिँउ पग्लिएर पानीको सहत बढ्ने प्राधिकरणको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्