सन नेपाल लाइफ र जनता बैंकबीच बैँकासुरेन्स सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैँकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र जनता बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरे । यस सम्झौताअन्तर्गत जनता बैंकका सम्पूर्ण ग्राहकहरूले बिमा शुल्क भुक्तानी गर्न, बिमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रूपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरू जनता बैंकका सम्पूर्ण शाखाहरूमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार सुरु गरेको ९ महिनाभित्र ०७५ असार मसान्तसम्ममा वैदेशिक रोजगार बिमा बाहेक बिभिन्न ११ प्रकारका बिमा योजनाहरूमा ९८२१ पोलिसी बिक्री गरी कुल २९ करोड ६९ लाख ७५ हजार ६ सय ६५ रुपैयाँ प्रिमियम संलकन गरेको जनाउँदै कम्पनीले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्ब पु¥याउन ६० करोड मूल्यकोे सेयर सर्वसाधारणमा बिक्रीका लागि ल्याउँदै गरेको जानकारी दिएको छ ।