लुम्बिनी विकास बैंकको साधारणसभा «

लुम्बिनी विकास बैंकको साधारणसभा

 लुम्बिनी विकास बैंकले आइतबार आफ्नो १० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारणसभाले आव ०७३/७४ को वित्तीय प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ । साधारणसभाले आगामी कार्यकालका लागि संस्थापक समूहबाट सुशीलराज पराजुली, चिन्तामणि भट्टराई र रुपज्योति तथा सर्वसाधारणको तर्फबाट प्रविणकृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल र प्रतापकुमार आचार्यलाई सर्वसम्मत रूपमा सञ्चालकमा नियुक्ति गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्