इन्ट्रानेट लिज र वाइम्याक्समा टेलिकमका अफर «

इन्ट्रानेट लिज र वाइम्याक्समा टेलिकमका अफर

काठमाडौं-नेपाल टेलिकमले सोमबारदेखि इन्ट्रानेट लिज सेवाको महसुल दर घटाएको छ । कर्पोरेट ग्राहकहरूले कम्पनीको आईपी नेटवर्क प्रयोग गरी मल्टिपल प्वाइन्टहरू कनेक्ट गर्नका लागि इन्ट्रानेट लिज सेवाको उपयोग गर्न सक्छन् । पहिले न्यूनतम २५६ केबीपीएस ब्यान्डविथको इन्ट्रानेट लिज लाइन उपलब्ध गराइएकोमा अब न्यूनतम ५१२ केबीपीएस ब्यान्डविथको लिज लाइन उपलव्ध छ । २५६ केबीपीएस ब्यान्डविथको लिज लाइन प्रयोग गरिरहेका ग्राहकहरूको समयावधि सकिएपछि स्वचालित रूपमा ५१२ केबीपीएसमा अपग्रेड हुने कम्पनीले जनाएको छ ।
५१२ केबीपीएसको महसुल दर प्रतिमहिना १ हजार ६ सय रुपैयाँ कामय भएको छ । त्यसैगरी १ देखि १० एमबीपीएसको प्रतिएमबीपीएस २ हजार ७ सय, ११ देखि १०० एमबीपीएसको प्रति एमबीपीएस २ हजार ४ सय र १०० एमबीपीएस भन्दा माथिको महसुल दर प्रतिएमबीपीएस २ हजार १ सय रुपैयाँ तोकिएको छ । उल्लिखित दरमा थप कर लाग्ने कम्पनीले जनाएको छ ।
कम्पनीले सोमबारदेखि आगामी मंसिर २९ गतेसम्म ९० दिन वाइम्याक्स सेवाको प्रमोसनल अफरअन्तर्गत अनलिमिटेड डाटा प्याकेज लगायत विभिन्न प्याकेज उपलब्ध गराएको छ । व्यक्तिगत प्रयोगकर्ताहरूलाई ५१२ केबीपीएस स्पिडको अनलिमिटेड डाटा भोल्युम १५ सय रुपैयाँमा पाउनेछन् । २ एमबीपीएस गति सम्मको वाइम्याक्सको विभिन्न भोल्युम बेस्ड प्याकेज १५ दिनका लागि ५ सय रुपैयाँमा १० जीबी, १ महिनाका लागि १ हजार रुपैयाँमा २० जीबी, ३ महिनाका लागि ३ हजार रुपैयाँमा ७० जीबी र ६ महिनाका लागि ६ हजार रुपैयाँमा १७५ जीबी भोल्युम उपलब्ध गराएको छ । १ वर्षका लागि १२ हजार रुपैयाँमा ५०० जीबी र २० हजार रुपैयाँमा १ हजार जीबी प्याकेज तथा १ वर्षे कर्पोरेट प्याकको रुपमा ३५ हजार रुपैयाँमा २३०० जीबी प्याकेज उपलब्ध गराइने छ ।
वाइम्याक्स प्रयोगका लागि आवश्यक डिभाइस यूएसबी डोंगल सहित बन्डलिङ गरेर पनि प्याकेज उपलब्ध गराइने छ । यस अनुसार १ बर्षका लागि ६ हजार रुपैयाँमा २५० जीबी भोल्युम उपलब्ध गराइनेछ । यसअन्तर्गत यूएसबी डोंगल निःशुल्क उपलब्ध गराइनेछ । यसैगरी संविधान दिवस २०७५’ को अवसरमा कम्पनीले ‘कन्स्टिच्युसन प्याक–२०७५’ अफर ल्याएको छ । असोज १ देखि १५ गते सम्म करसहित १८ रुपैयाँमा सो प्याक खरिद गर्न सकिने छ । प्याक खरिद गरेपश्चात् ७० मिनेटसम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्कभित्र जति पनि कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्