जुम्ला उवासंघमा चुनावी सरगर्मी «

जुम्ला उवासंघमा चुनावी सरगर्मी

जुम्ला- जुम्ला उद्योग वाणिज्य संघको १३ औं साधारणसभा सुरु भएको छ । सभामा झन्डै ५ सय बढी व्यापारी व्यवसायीको सहभागिता छ । चुनावी साधारणसभा भएकाले अध्यक्षका प्रत्याशी र तिनका समर्थकलाई चुनाव छोपेको छ । सरोकारवालाले सहमतिका आधारमा जुम्लाको व्यापार क्षेत्रलाई उचाइमा पुराउने तथा उत्पादनलाई बजारमा लिन सहज बनाउने अपेक्षा लिएको भए पनि व्यवसायीको नेतृत्व चयनमा दलीय प्रभाव देखिएको छ ।
वर्तमान अध्यक्ष र महासचिवले नै प्यानल खडा गरेर चुनावमा होमिएका छन् । अध्यक्ष रामदत्त रावलकै विरुद्धमा महासचिव भैरब कठायतले अध्यक्षको उम्मेदवारी दिएका हुन् । दुवै कम्युनिष्ट हुन् । प्रदेश सांसद पदम रोकायाले एकै पक्षधरका दुई उम्मेदवार उठ्नुमा राजनीतिक रंग देखिएको बताउँछन् । यसले व्यापारीको हितभन्दा पनि विवादको वातावरण ल्याउन सक्छ, दबाब र प्रभावमा परेर चुनावमा होमिनु राम्रो नभएको उनको भनाइ छ । कांग्रेस पक्षबाट रजब अलि मनिहार अध्यक्षका प्रत्याशी छन् । तीनै जनाले विजय हुने दाबी गरेका छन् ।
चुनाव मैले जित्छु, स्वच्छ प्रतिस्पर्धामा आफ्नै प्यानबाट प्रतिपक्षको रोल खेले पनि व्यापारीले आफूलाई विश्वास गरी जिताउने रावलले बताए । कठायत भन्छन्, “व्यापारीले नयाँ नेतृत्व खोजेका छन्, जुम्लाको व्यापार क्षेत्रलाई नयाँ मोड दिन मेरो आवश्यकता छ ।” त्यसैले मेरै जित हुन्छ, । यसैगरी अलिमनिहार भने, कम्युनिष्ट पक्षधरबाट दुई उम्मेदवार उठ्दाको फाइदा हामी उठाउँछौ । यसपालिको नेतृत्व मैले सम्हाल्छु ।
तीनै प्रत्याशीले आफैंले जित्ने कल्पना गरेपनि मतदाताहरू भने तनावमा देखिन्छन् ।
व्यापारी गार्ख पछाई भन्छन्, सकभर मिलेर जान हामीले सम्झाएका छांै, व्यापारीको हितका लागि काम गर्न सुझाब दिने छौं । नमाने, अन्तिम निर्णय गर्छु ।
तीनै उम्मेदवारका समर्थकहरूले भने, प्रचार–प्रसारको कार्यलाई निकै तीव्रता दिएका छन् । आइतबार ४ बजेपछि भएको बन्द शत्र जुम्लाका दलहरू सक्भर मिलेर जान सम्झाउने प्रयास गरिने राजपाका जिल्ला अध्यक्ष विष्णु बुढाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्