नेपालपछि भुटान पनि भारतसँग टाढिदै «

नेपालपछि भुटान पनि भारतसँग टाढिदै

भारतका छिमेकी मुलुकबाट आएको चुनौतीमा अब नयाँ नाम भुटान हुन सक्ने देखिएको छ । नेपालको चीनसँगको निकटतापछि भुटानमा पिपुल्स डेमोक्र्याटिक पार्टि चुनावमा पछि पर्नुलाई भारतका लागि राम्रो संकेत मानिएको छैन । पार्टिका प्रमुख तथा मौजुदा प्रधानमन्त्री शेरिङ तोबगेलाई भारतप्रति उदार र सहयोगी विदेश नीति लिने व्यक्तिको रुपमा मानिदै आएको छ । यद्यपि भुटानको चुनावको पहिलो चरणपछि उनको पार्टि तेस्रो स्थानमा आएको छ । नएए न्यामरुप शोगपाको पार्टि पहिलो स्थानमा आएको छ । मुख्य विपक्षि दल फेन्सुमा शोगपाको डीपीटी दोस्रो स्थानमा रहेको छ । यो दल १८ अक्टोबरसम्म अन्तिम नतिजा आउनु भन्दा पहिलेसम्म बलियो दावेदारको रुपमा देखा परेको छ ।

डीपीटी सत्तामा आउनु भारतका लागि राम्रो संकेत होइन
हाल भुटानसँग भारतको सम्बन्ध राम्रो रहदै आएको छ । तर डीपीटी सत्तामा आयो भने समिकरणमा फेरबदल हुन सक्छ । २००८ देखि २०१३ सम्म डीपीटी पार्टि सत्तामा भएको समयमा भुटान र भारतबीचको सम्बन्धमा खासै तीक्तता आएको थिएन । भुटानका तत्कालिन प्रधानमन्त्री तथा डीपीटीको पार्टी लाइन चीनप्रति झुकाव राख्दै आएको छ । पार्टिले आफ्नो घोषणापत्रमा देशको ८० प्रतिशत भन्दा बढी उत्पादन भारतमा निर्यात गर्नाले देशलाई बेफाइदा हुदै आएको उल्लेख छ । यद्यपि नतिजापछि भारतलाई लिएर कुनै पनि पार्टिकोतर्फबाट कुनै पनि नकारात्मक कुरा गरिएको छैन ।

नेपाल जस्तै भुटान पनि भारतका लागि टाउको दुखाई
विगत केही समयदेखि नेपाल–भारत सम्बन्धमा उतार–चढाव देखिदै आएको छ । कुनै समयमा नेपाल भारतको अहम सहयोगी रहदै आएको थियो । तर ओलीको नयाँ सरकारले लगातार चीनसँगको सम्पर्कमा वृद्धि गर्दै आएको छ । हालसालै मात्र नेपालले भारतसँग सैन्य अभ्यास गर्न अस्वीकार गरेको थियो । तर नेपालले चीनसँग भने एक ठूलो सैन्य अभ्यास गर्ने प्रयासमा रहेको छ ।
भारत र नेपालबीचको सम्बन्ध २०१५ देखि खराब हुन सुरु भएको थियो । भारतले मधेशी जनताको हितका हवाला दिँदै नेपालमा अत्यावस्यक सामग्रीको आपूर्ति २ महिनाका लागि बन्द गरिदिएको थियो । उक्त समयमा नेपालमा नयाँ संविधानका लागि काम भइरहेको थियो । भारत लगातार मेधेसिको समान हितका मुद्दा उठाइरहेको थियो ।
तर नेपालमाथि दबाब बनाउने भारतको प्रयास विपरित भएको थियो र नेपाल र भारतबीचको दुरी बढेको थियो । २०१३ मा भारतले मट्टितेल र खाना पकाउने ग्यासमा दिइदै आएको सहुलियत बन्द गरेपछि भारत र भुटानबीचको सम्बन्धमा केही नमिठोपना आएको थियो । उक्त समयमा भुटानमा चुनाव थियो । वाहा पेट्रोल र डिजलको मूल्यमा पनि भारी वृद्धि भएको थियो । उक्त समयमा भुटानका प्रधानमन्त्रीले आफ्ना चिनियाँ समकक्षिसँगको भेटघाट गरेको आरोपमा भारतले यो कदम उठाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्