डलर कमजोर हुदा सुनको मूल्य उच्च «

डलर कमजोर हुदा सुनको मूल्य उच्च

मंगलबार डलर कमजोर हुँदा सुनको मूल्य तीन साताकै उच्च कायम भएको छ । पातलो अवस्थाको कारोबारमा मूल्य उकालो लागेको हो ।खुद्रा सुनको मूल्यमा ०.३ प्रतिशतको वृद्धि भई प्रतिऔंश १ हजार २ सय ७८.०६ डलर कायम भएको छ ।
अमेरिकी सुनको मूल्य पनि ०.३ प्रतिशतले वृद्धि भई प्रतिऔंस १ हजार २ सय ८२.५० डलर कायम भएको छ ।
सोमबार क्रिसमस बिदाका कारण फ्युचर्स बजार भने बन्द रहेको थियो । तर, कारोबारको परिमाण भने मंगलबार पातलो भएको थियो ।
शुक्रबार सार्वजनिक भएको कमजोर अवस्थाको उपभोग तथ्यांकले सुनको मूल्य बढाउन मद्दत गरेको छ । यसैबीच एसियामा न्यून कारोबारका कारण डलर भने दबाबमा परेको ओएएनडीएका वरिष्ठ बजार विश्लेषक जेफरी हालेले बताए ।
उत्तर कोरियाको परमाणु र क्षेप्यास्त्र कार्यक्रमले तनाव बढ्दो अवस्थामा रहेको छ ।शुक्रबार अमेरिकी वृद्धिको अवस्था पनि मन्द भएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्