नयाँ टिन प्याकमा म्याक कफी

दसौं वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ट मलेसियाको ख्याति प्राप्त म्याक कफी नेपाली बजारमा समेत लोकप्रिय भइरहेको छ । कम्पनीले आधिकारिक विक्रेता भई हाल नेपाली बजारमा म्याक कफीको थ्रीइन वान इन्स्यान्ट कफीलगायत विभिन्न कफी बिक्र वितरण गर्दै आइरहेको कम्पनीले जनाएको छ । नेपाली उपभोक्ता माझ बढ्दै गइरहेको माग, रुचि तथा ख्यातिलाई ध्यानमा राख्दै कम्पनीले हाल बजारमा नयाँ टिन प्याकमा उत्कृष्ट म्याक कफी नेपाली बजारमा ल्याएको पनि जनाएको छ । विगत वर्षहरूदेखि नेपाली बजारमा लोकप्रिय रहेको म्याक कफीको नयाँ प्याकिङ र स्वाद नेपाली उपभोक्ताले मन पराउने विश्वास कम्पनीले लिएको छ ।