ओखरको व्यापारमा कमी «

ओखरको व्यापारमा कमी

डडेल्धुरा-डडेल्धुरामा ओखरको मूल्य वृद्धि भएरपछि व्यापामा कमी आएको छ । ओखर उत्पादनका लागि प्रसिद्ध मानिने दार्चुला र बैतडीमा उत्पादनमा कमी आएपछि ओखरको मूल्यमा वृद्धि भएको ब्यापारीहरूले बताएका छन् ।
सुदूरपश्चिमका नौवटै जिल्लाको प्रमुख प्रवेशद्वारको रूपमा रहेको डडेल्धुराको स्याउले बजारको सडक किनारामा ओखर बिक्री गर्नेहरू बस्ने गर्छन् । तर, मूल्य बढ्दै जाँदा ओखरको कारोबार कम हुन थालेपछि व्यापारीहरू संकटमा परेका छन् । ओखर उत्पादनमा भएको कमी आएका कारण मूल्य निकै वृद्धि भएको व्यापारीहरू बताउँछन् ।
“मूल्यवृद्धिले व्यापारमा आएको न्यूनताकै कारण दैनिक आम्दानीमा कमी आएको र आयआर्जनमा समस्या भएको छ,” स्थानीय व्यापारी गणेश दियालले भने, “गत आर्थिक वर्षमा दैनिक एक हजारदेखि ५ हजार रुपैयाँसम्मको ओखरको ब्यापारहुने गरेकोमा यस वर्ष एक हजारदेखि २ हजार रुपैयाँसम्मको मात्र बिक्री हुने गेको छ ।”
अर्का व्यापारी हर्क दियालले सुदूरपश्चिमका धेरै व्यापारीले ओखरलाई आयआर्जनको मुख्य माध्यम बनाउने गरेको भए पनि यस वर्ष निराश हुने गरेको बताए । उनले सिजनमा २ देखि ३ लाख रुपैयाँसम्मको आम्दानी हुने ओखर व्यापार पछिल्लो समयमा घट्दै जाँदा समस्या भएको बताए । अन्य फलफूलमा जस्तै ओखरमा पनि विभिन्न रोग लागेकाले उत्पादन घटेको कृषि प्राविधिकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्