सामसङले ग्यालेक्सी जी२ कोर स्मार्टफोन बजारमा «

सामसङले ग्यालेक्सी जी२ कोर स्मार्टफोन बजारमा

सामसङले इलेक्ट्रोनिक्सले बुधबार आफ्नो पहिलो एनरोइडगो स्मार्टफोन ग्यालेक्सी जी२ कोर सार्वजनिक गरेको छ जसको मूल्य एकदमै कम रहेको छ र स्मार्टफोन प्रयोगकर्ताले चाहने सबै खालका विशेषता छन् ।
“हामी हाम्रा सबै डिभाइसहरूमा एकदमै नविनतम र उत्कृष्ट प्रविधि ग्यारेन्टी गर्न पूर्ण रूपमा प्रतिबद्ध छौ, जसले गर्दा हाम्रा सबै खालका फोनले हाम्रा ग्राहकको आवश्यकतापूर्ण गरोस् । ग्यालेक्सी जी२ कोरले पूर्ण मात्रामा स्मार्टफोनको अनुभव दिलाउनेछ जसमा एकदमै परिस्कृत ब्याट्री, भण्डारण क्षमता, राम्रो कार्य सम्पादन र विशेष गरी पहिलो पटक प्रयोग गर्नेहरूलाई अपिल गर्ने खालको छ,” आइम विजका प्रणय रत्न स्थापितले भने ।
ग्यालेक्सीजे२ कोर एनरोइडगो फोनमा परिस्कृत कार्य सम्पादन गर्ने विशेष गुण छ जसका कारण ब्याट्री लामो समयसम्म टिक्छ भने यसमा एकदमै फराकिलो भन्डारण क्षमता छ अनि यसमा एकदमै तीव्र गतिको प्रासेसिङ क्षमता र कार्य सम्पादन गर्ने क्षमता छ ।
यो एनरोइडगो एडिसनको ग्यालेक्सी जी२ कोरले पहिलेको मोडलहरूको तुलनामा एकदमै तीव्र गतिमा काम गर्न सक्छ र विशेष रूपले यो एनरोइडओरिओलाई लक्षित गरेर बनाइएको हो र यसमा अप्टी माइज डाटा कन्ट्रोल गर्छ, जसका कारण सजिलो रूपमा नै व्यवस्थापन गर्न सकिन्छ ।
यो मोबाइलमा ब्याट्री बिहानदेखि रातिसम्म टिक्छ भने यसमा २६,००० एमएएच ब्याट्री जडान गरिएको हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्