प्राइम बैंकको शाखा सञ्चालन धनुषाको जनकपुरमा «

प्राइम बैंकको शाखा सञ्चालन धनुषाको जनकपुरमा

प्राइम कमर्सियल बैंकले जनकपुरधाम उपमहानगरपालिकामा शाखा कार्यालय जनकपुरको शुभारम्भ गरेको छ । यस शाखाको सञ्चालनपछि बैंकको शाखा कार्यालय संख्या ६४ पुगेको छ । स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेसाकर्मीहरूको उपस्थितिमा शनिबार एक समारोहकाबीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले शाखा कार्यालय जनकपुरको एक समारोहकाबीच उद्घाटन गरे ।
यसै क्रमलाई निरन्तरता दिँदै बैंकले आगामी दिनहरूमा पनि शाखाहरूको सञ्जाल विस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिबद्धता प्रकट गर्छ । साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरूलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्