भोलिबाट खिचापोखरीमा भिन्टेज रेस्टुराँ «

भोलिबाट खिचापोखरीमा भिन्टेज रेस्टुराँ

काठमाडौं-वैदेशिक अध्ययन र रोजगारीबाट फर्किएका युवाहरूले करिब ५० लाख रुपैयाँ लगानीमा खिचापोखरीमा भिन्टेज नामक रेस्टुराँ सञ्चालनमा ल्याउने भएका छन् । गोरखाका आनन्द खनाल, पोखराका श्री गुरुड, खोटाङका समीर राई र गोपाल श्रेष्ठले साझेदारीमा हिन्दूहरूको महान् चाडपर्व बडादसैं र तिहारको नजिक पारेर भोल सोमबारदेखि रेस्टुराँ सञ्चालनमा ल्याउने भएका हुन् ।
सुन्धारा, न्युरोड, खिंचापोखरीलगायतका मुख्य व्यापारिक स्थानलाई केन्द्रमा राखेर फुड हाइजिन एन्ड बेभरेजसम्बन्धी सम्पूर्ण पक्षलाई ध्यान राखेर रेस्टुराँ सञ्चालनमा ल्याउन लागिएको सञ्चालकहरू बताउँछन् । रेस्टुराँले सुरक्षा, संगीत, हस्पिटालिटीलगायतका पक्षमा जोड दिएको उनीहरू बताउँछन् । खाना बनाउन प्रयोग हुने पानी शुद्ध गरिएको पानीको प्रयोग हुने सञ्चालक राई बताउँछन् । “१० वर्षभन्दा विदेशी पाँचतारे होटलमा सेफसम्बन्धि अनुभव हासिल गरेका, त्यहाँका विश्वविद्यालयमा फुड एन्ड वेभरेजको ज्ञान लिएका छौं,” श्री गुरुडले भने, “ग्राहकको सन्तुष्टिका लागि हरेक कोणबाट विश्लेषण गरेका छौं ।”
“रेस्टुराँमा परम्परागत नेपाली खानाको साथै सबै प्रकारका विदेशी खाना पनि पाइनेछ,” खनाल भन्छन्, “भिन्टेजले क्रमशः अन्य स्थानमा पनि शाखा खोल्नेछ ।”

प्रतिक्रिया दिनुहोस्