ग्लोबल आईएमई बैंकको गुल्मीमा २ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

ग्लोबल आईएमई बैंकले मगंलबारदेखि थप २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । थप गरिएका २ वटा शाखारहित बैंकिङ सेवासँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०२ पुगेको छ ।
बैंकले गुल्मी जिल्लाको गुल्मी दरबार गाउँपालिका–६ चारपलामा आफ्नो १०१ औं र सोही गाउँपालिकाकै वडा नं. १ बलिथुममा आफ्नो १०२ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । उक्त दुवै शाखारहित बैंकिङ सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्घिजीवी तथा स्थानीयवासीहरूको रोहवरमा गरिएको छ ।
चारपलामा खोलिएको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय नारायणप्रसाद अर्याल र बलिथुममा खोलिएको सेवाका लागि स्थानीय उत्तम पुनलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यी दुई शाखारहित बैंकिङ सेवा ग्लोबल आईएमई बैंकको गौंडाकोट शाखाअन्तर्गत रहने छन् ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने डिसहोम, सीडीएमए र यूटीएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यि क्षेत्रका बासिन्दा बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आईएमई बैंकले ती स्थानहरूमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्रर वर्गसम्म बैंकिङ सेवाको पहुँच पुराउने उद्देश्यले १३१ शाखा, १३५ एटीएम, ५ एक्सटेन्सन काउण्टर, १५ वटा राजस्व संकलन काउण्टर र १०२ शाखारहित बैंकिङ सेवा, विदेशमा ३ प्रतिनिधि/सम्र्पक कार्यालयमाफर्त आफ्ना ९ लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।