प्रोस्टाइल म्यानहन्टका प्रतियोगीहरूको बनेपास्थित डाबर नेपाल नर्सरी भ्रमण «

प्रोस्टाइल म्यानहन्टका प्रतियोगीहरूको बनेपास्थित डाबर नेपाल नर्सरी भ्रमण

प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल–२०१७ को उपाधिका लागि भिड्दै गरेका १६ जना प्रतियोगीले मंगलबार डाबर नेपालको बनेपास्थित नर्सरी भ्रमण गरेका छन् । यो भ्रमणमा प्रतियोगीहरूले ग्रीन हाउसभित्रको कामका साथै डाबर नेपालले गर्दै आएको सामाजिक कार्यका बारेमा पनि जानकारी लिए । डाबर नेपालको नर्सरीका प्रमुख डा. पंकज राठुरीले डाबर नेपालले ईको प्रणालीलाई संरक्षण र कायम गर्नका लागि विलुप्त हुन लागेका र दुर्लभ वनस्पतिहरूको खेती कसरी हुन्छ भन्ने जानकारी प्रदान गरे । दुर्लभ तथा विलुप्त हुन लागेका औषधिजन्य बोट बिरुवाको संरक्षण गर्नका लागि डाबर नेपालले चालेको कदमका विषयमा पनि प्रतियोगीहरूले गिन हाउस सुविधाबाट जानकारी लिए । उनीहरूले वनजंगल नाश हुनबाट बचाउन आफ्नो पनि योगदान दिँदै डाबर नेपालद्वारा संरक्षित बालकुमारी सामुदायिक वन क्षेत्रमा रूखहरू वृक्षरोपण गरे ।
डाबर नेपालका बजार व्यवस्थापन तथा विक्री वितरण प्रमुख उपेन्द्र प्रधानले देशका युवालाई प्रकृति र प्राकृतिक जीवको संरक्षणका बारेमा जानकारी दिन पाउँदा कम्पनी हर्षित भएको बताए । यस्तै, ग्रुप अफ इभेन्ट इन्टरटेनर्सका प्रमुख अनुप सक्सेनाले डाबर नेपाललाई धन्यवाद दिँदै प्रतियोगीहरूले संरक्षणका विषयमा र डाबर नेपालले समाजका लागि पुर्याएको योगदानका बारेमा राम्रो जानकारी पाएको कुरामा विश्वस्त रहेको बताए । डाबर नेपाल समाज, वातावरण, खेलकुद, शिक्षा, संस्कृति, संरचना, स्वास्थ्य, सफाइ, र संरक्षणका विषयमा सजग छ । नेपालमा बलियो पहिचान स्थापित गर्न सफल डाबर प्राकृतिक, हर्बल, र शुद्धताको परिपूरक पनि हो । २५ वर्षको अवधिका डाबरको प्रगति आकाशिँदो छ । डाबर नेपालकै प्रोस्टाइल उत्पादनले प्रोस्टाइल म्यानहन्ट इन्टरनेसनल नेपाल–२०१७ आयोजना गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्