टीभीएसको एनर्टक १२५ स्कुटर सार्वजनिक «

टीभीएसको एनर्टक १२५ स्कुटर सार्वजनिक

टीभीएस टू ह्वीलका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५ सार्वजनिक गरेको छ । कम्पनीले भृकुटीमन्डपमा आयोजित नाडा अटो शो–२०१८ मा उक्त स्कुटर कम्पनीले सार्वजनिक गरेको हो । युवा वर्गको लागी लक्षित गरेर डिजाइन गरिएको एनर्टक स्कुटर टिभिएस रेसिङ प्लेटफर्मका साथ ३ भल्ब इन्जिन युक्त छ । एनर्टक १२५ टेक्नोलोजी प्लेटफर्म टिभिएस स्र्माट कनेक्टले यो स्कुटरलाई कनेक्टेड स्कुटरमा परिभाषित गरेको छ । यसको सुर्वती मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ छ ।
टीभीएस एनर्टक १२५ सार्वजनिक कार्यक्रममा बोल्दै टिभीएस मोटर्स एसिया रिजनल हेड एस अरुण कुमारले टीभीएसले आफ्ना उत्पादनहरू अत्यन्तै महत्वका साथ गर्ने गरेको र जुन ग्राहकका लागि अनिवार्य रहेका बताए । टीभीएस एनर्टक निकै आर्कषक तथा फिचरको धनि स्कुटरका रूपमा नेपाली युवामाझ ल्याएका उल्लेख गरे ।
टीभीएस एनर्टक १२५ले टिभिएस रेसिङ पेडिग्रीका कारण उच्च प्रदर्शन गर्नेछ । विगत ४ वर्षदेखि लगातार द रेसिङ च्याम्पियनशिप जितेर टीभीएस रेसिङ स्कुटर टिमले रेकर्ड कायम राखेको छ । टिभिएस एनर्टक १२५मा न्यू जेनेरेशन सिभिटीआई आरईभीभी १२६.७९ सीसीको सिगंल सिलिन्डर, ४स्टोर्क, ३ भल्ब एयरकूल्ड इन्जिन रहेको छ । यसले ७५०० आरपीएममा ९।४ पिएस र ५५०० आरपीएममा १०।५ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनमा प्रयोग भएको अतिरित्त भल्भले यसको प्रदर्शन उच्च राख्दै उकृष्ट एक्सेलेरेशनका साथ ९५ किलोमिटर प्रतिघन्टाको गतिमा दौडिन्छ ।
यस स्कुटरमा स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । ३ ट्रिप मिटर, फ्यूल लेवल, स्पिड, इन्जिन टेम्परेचर, र घडीजस्ता फिचर नर्मल मोडमा पाइन्छ । यस स्कुटरमा रहेको लो फ्युल वार्निङले रिजर्वमा आएपछि कति दुरीपार गरेको छ भन्ने कुरा देखाउँछ । हेलमेट लगाउन भुल्नेहरूलाई यसले स्टार्ट गर्नासाथ हेलमेटको आइकन डिस्प्लेमा देखिन्छ जसले हेल्मेट नलगाई बाहिर नि निस्कने संभावना अत्यन्त न्यून रहन्छ ।

प्रतिक्रिया दिनुहोस्