एप्पलका तीन नयाँ आइफोन र वाच सार्वजनिक «

एप्पलका तीन नयाँ आइफोन र वाच सार्वजनिक

विश्वकै महँगो प्रविधि कम्पनी एप्पलले तीन नयाँ आइफोन बजारमा ल्याएको छ । नेपाली समयअनुसार बिहीबार राति विशेष कार्यक्रम गर्दै आइफोनसँग एप्पल वाचको पनि नयाँ भर्सन सार्वजनिक गरेको हो ।
एप्पलले स्टीभ जब्स थिएटरमा आयोजित कार्यक्रममा सार्वजनिक गरको दुई आइफोनमा डिउल सिम लाग्नेछन् । यसअघि बजारमा आइसकेको आइफोन एक्सको नयाँ संस्करणका रुपमा कम्पनीले आइफोन एक्स एस सार्वजनिक गरको छ भने नयाँ स्मार्टफोनका रुपमा आइफोन एक्स एस म्याक्स र आइफोन एक्स आर ल्याएको छ ।
आइफोन एक्स एसमा ५.१ इन्चको सूपर एमालेड डिस्प्ले छ भने आइफोन एक्स एस म्याक्समा ६.५ इन्चको सूपर एमोलेड डिस्प्ले छ । दुबै एचडीआर डिस्प्लेजडित आइफोन हुन् । प्रोक्सिमिटि लाइट, एम्बियन्ट लाइट, डल्बी डिजिटल साउण्ड, फेस आइडी लगाएतका फिचर भएका दुबै फोनमा ए १२ बायोनिक प्रोसेसर राखिएको छ । यी फोनहरु ५१२ जीबी स्टोरेजमा छन् । फोटोका लागि १२ मेगापिक्सेलको ड्यूल रियर क्यामरा तथा ७ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यी फोनहरुमा ड्यूल सिम सपोर्टका लागि ई सिम टेक्नोलोजी प्रयोग गरिएको छ । चीनका लागि भने ड्यूल सिम नै प्रयोग गर्न सकिने गरी राखिने एप्पलले जनाएको छ ।
अर्को आइफोन भने विभिन्न रंगको अप्सनमा उपलब्ध हुनेछ । यसमा ६.१ इन्च एलसिडी डिस्प्ले राखिएको छ । कम्पनीले धेरै भन्दा धेरै उपभोक्तासम्म पुग्नको लागि नयाँ आइफोन ल्याएको बताएको छ । जसमा होम बटन राखिएको छैन । यो स्मार्टफोनलाई कम्पनीले आइफोन एक्स आर नाम दिएको छ । जसमा एउटामात्र रियर क्यामरा राखिएको छ । यसको क्यामरा १२ मेगापिक्सेलको रहेको छ । त्यस्तै सेल्फीका लागि पनि सात मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा आईपी ६७ प्रोटेक्ट रहेको छ जसले धुलो र पानीबाट फोनलाई बचाउनेछ ।
यो फोन ७४९ अमेरिकी डलरदेखि शुरु हुनेछ भने यो ६४ जीबी, १२८ जीबी र २५६ जीबीसम्म उपलब्ध हुनेछ । यो फोन अक्टोबरमा मात्र उपलब्ध हुनेछ । त्यस्तै आइफोन एक्स एस ९९९ अमेरिकी डलरदेखि र आइफोन एक्स एस म्याक्स १०९९ अमेरिकी डलरदेखि शुरु हुनेछ । यी फोनहरु सेप्टेम्बरमा नै आउनेछन् । यसका साथमा कम्पनीले एप्पल वाच सिरिज फोर पनि सार्वजनिक गरेको छ । एप्पल वाच सिरिज फोरलाई हालसम्मकै उत्कृष्ट वाचका रुपमा कम्पनीले दाबी गरेको छ । स्मार्टफोनका एप्पल नम्बर एकमा प्रवेश गरेको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्